काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । साढे पाँच बजेतिर बुढानिलकण्ठ पुग्नु भएका प्रचण्डले देउवासंग करिब आधा घण्टा कुराकानी भएको छ । ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, देउवा निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ । विशेष अधिवेशन बोलाइएपछि नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरु देउवा निवास बूढानीलकण्ठमा पुगिरहेका छन् । बिहीबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ जानुभएको थियो । यसको एकदिन अगाडि मात्रै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली पनि बुढानिलकण्ठ जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्