काठमाडौँ, २३ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ। बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो। एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लाग्नुभएको छ । त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत माग्नु भएको थियो । तर कांग्रेसले विश्वासको मत दिन नसकिने बतायो । प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सार्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्