काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनुभएका नेकपा एमालेका नेता रामवहादुर थापा बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गनुभएको छ । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उहाँको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।
यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।



















प्रतिक्रिया दिनुहोस्