ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी नपरेपछि किसान चिन्तित


एबीसी / संवाददाता

 खलङ्गा, ४ वैशाख:
 पानी नपरेपछि जुम्लाका किसान चिन्तित भएका छन् । हिउँदेयाममा राम्रोसँग हिमपात नभएर गयो बर्खा लाग्दा पनि पानी नपर्ला यहाँका किसानले लगाएको बालीनाली खडेरीले सखाप पारेको तिला गाउँपालिका– १ स्थानीयवासी टोपबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खडेरीले बालीनाली सुकेपछि यहाँका किसान निकै चिन्तित छन् । यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौ र गहुँ छरेका थिए । हिउँदेबाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती शुरु गरेका थियौँ । खडेरीले सबै बालीनाली सखाप बनायो ।”
अहिले बाली सुकेर सोत्तर बनेपछि आगो लगाउनुको विकल्प छैन । जौ पाक्ने बेला भइसक्यो । पानी परेको छैन । जमीनमा चिस्यान नहुँदा नपाक्दै बालीनाली सोत्तर बनेको बताउनुभयो ।
अहिले हरियाली हुनुपर्ने डाँडाकाँडा सुख्खा छन् । जताततै डढेलो शुरु भइसकेको छ । धुलो धुवाँले जनजीवन पनि अस्तव्यस्त छ । बालीनाली बारीमै सुक्दा भोकमरी पर्ने निश्चित छ । वर्षामा राम्रोसँग वर्षा हुन सकेन स्थानीयवासी दलपति रावतले बताउनुभयो । खडेरीको सबैभन्दा बढी मार किसानमा परेको छ । अग्लो स्थानमा सिँचाइ सुविधा छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्छ ।
लामो समयको खडेरीका कारण जुम्लाको बालीनाली र फलफूलखेती नराम्ररी प्रभावित भएको छ । फल लाग्नका लागि फुलेका स्याउका बगैँचामा चिचिला नलाग्दै फूल झरिरहेका छन् । पानी नपर्दा मकैखेती शुरु भएको छैन । जमीनमा चिस्यान छैन । हलो जोतेर मकै रोप्न सकिएको छैन । भोकमरी लाग्ने चिन्ताले किसानलाई निराश बनाएको स्थानीयवासी राकमला बुढाले बताउनुभयो ।
खडेरीले खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । जसका कारण अधिकांश जुम्लावासी खोलाको दुषित पानी पिउन विवश छन् । बारीको बाली बारीमै सुकेको देखेपछि खेतीपाती गर्न किसानलाई जोश जागर हराएको यहाँका किसान बताउँछन् ।
आठ महीनादेखि जुम्लामा पानी परेको छैन । यो हिउँदमा न हिउँ प¥र्यो, नत आवश्यक मात्रामा वर्षा नै भयो, खेतीयोग्य जमीनमा उत्पादन कम हुने निश्चित रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा खडेरीका कारण बालीनाली सुकेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com