ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के तपाई मोटोपनबाट दिक्क हुनुहुन्छ ? त्यसो भए अपनाउनुहोस् यी १४ तरिका


एबीसी / संवाददाता
चैत्र ५, २०७७ बिहीबार   ९ : १८   बजे

काठमाडौं ।  मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने रु अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।

तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ । त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ ।

किन बढ्छ तौल र मोटोपन ?

विभिन्न अध्ययनमा के देखिएको छ भने, मोटोपन बढ्नुमा बाह्य कारण मात्र जिम्मेवार छैन । कतिपय अवस्थामा यो बंशानुगत रुपमा आउने गर्छ । जस्तो, बावुबाजे मोटा छन् भने त्यसको प्रभाव उनीहरुको सन्तानमा पनि देखिन्छ । यद्यपी यो सबैमा हुदैन ।

खासमा अहिलेको खानपान र जीवनशैली नै मोटोपनको कारण हो । चिल्लो, चाप्लो, मसलेदार खानेकुरा, जंक फूड, कोल्ड ड्रिंक आदिको जथाभावी सेवनले मोटोपन बढाएको बताइन्छ । त्यस्तै निस्त्रिmय जीवनशैली, अस्वस्थ्यकर दिनचर्या यसको जिम्मेवार मानिएको छ ।

कसरी नियन्त्रण गर्ने मोटोपन वा तौल ?

मोटोपन घटाउन जीवनशैली र खानपानमा परिवर्तन ल्याउनुपर्छ । सन्तुलित खानपान र जीवनशैली एक प्राकृतिक विकल्प हो, जसले मोटोपन एवं तौल नियन्त्रण गर्न सकिन्छ । अतः यहाँ इजी वेट लस टिप्स दिइएको छ ।

खानपान

मोटोपन वा तौल नियन्त्रणका लागि खानपान कटौती गर्छन् । फास्टिङ गर्छन् । यद्यपी यसले शरीरमा आवश्यक पोषणको कमी हुन्छ । त्यसैले तौल घटाउनका लागि खानपानमा कटौती गर्ने होइन । बरु, स्वस्थ्य र सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । पानीको सेवन बढाउनुपर्छ । पानी र फलफूल सेवन गरेपछि अतिरिक्त खानेकुरा नियन्त्रण हुन्छ । यसले स्वतः तौल नियन्त्रणमा सहयोग पुग्छ ।

दिनचर्या

निस्किय दिनचर्या मोटोपन एवं तौल बढ्ने कारण हुन् । एकै स्थानमा लामो समय बस्ने । सुत्ने, उठ्ने अनियमित तालिका । राती अबेरसम्म बस्ने बानी । यी सबै आनीबानीले हो, मोटोपन बढाउने ।

त्यसैले तौल एवं मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्या हुन्छ । साथै व्यायाम गर्ने, पैदल हिँड्ने लगायत शारीरिक गतिविधिलाई बढाउनुपर्छ ।

इजी वेट लस टिप्स

१। दिनको सुरुवात कागती पानी वा कागती चियाबाट गरौं ।

२। कागती पानीमा मह मिसाएर पिउन सकिन्छ । यसले पाचनयन्त्र पनि राम्रो हुन्छ ।

३। तौल नियन्त्रणका लागि त्रिफलाचूर्ण उपयोगी हुन्छ । राती एक गिलास पानीमा आधा चम्चा त्रिफला चूर्ण मिसाएर राख्ने । बिहान यसलाई उमाल्ने र चिसो बनाएर पिउने ।

४। लौकाको जुसमा पुदिना वा तुलसीको पात मिसाएर पिउनुपर्छ ।

५। तौल नियन्त्रणका लागि भोजनमा गहुँ, आटा, रोटी भन्दा जौ, चनाको आटा उपयोगी हुन्छ ।

६। भोजनमा फाइबरयुक्त फलफूल जस्तो कि, मेवा, स्याउ आदि सेवन गर्ने ।

७। फ्याटी फूड जस्तो कि, बर्गर, मिठाई आदि सेवन नगर्ने ।

८। चियासँग ब्रेड, बिस्कुट आदि सेवन नगर्ने ।

९। अन्डा, मासु र समुन्द्री खाना नखाने ।

१०। कोल्ड ड्रिङ्क, प्याकेटको फुड्स, तेलयुक्त खानेकुरा सेवन गर्ने ।

११। चिया, चामल र आलुको सेवन कम गर्ने ।

१२। एकै स्थानमा लामो समय बस्नु भन्दा शारीरिक गतिविधि बढाउने ।

१३। बिहान वा रातीको खानापछि कम्तिमा १० मिनेट टहल्ने ।

१४। तौल घटाउने व्यायाम जस्तो कि, पौडी, साइक्लिङ, ब्रिस्क वाक, स्किपिङ, एरोबिक्स गर्ने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

कूटनीतिक सीमा नाघ्दै रवि: दिल्लीको भूमिमा तेस्रो मुलुकका दूतसँगको भेट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group