ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज : फेरि एक हुन चाहेमा नाम र चुनाव चिह्नसहित १५ दिनभित्र आउनु


एबीसी / संवाददाता
फाल्गुन २५, २०७७ मंगलबार  ५ : १७ बजे

काठमाडौं, २५ फागुन – निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ ।

यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने पनि आयोगले निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हुने आयोगले जनाएको छ ।

आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएको जानकारी सङ्घीय संसद् सचिवालय, सबै प्रदेश सभा र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने भएको छ । यस्तै अब ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र फेरि एक हुन चाहेमा केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरेर एकीकृत दलको नाम र चुनाव चिह्नसहित १५ दिनभित्र निवेदनसहित उपस्थित हुन पनि आयोगले जानकारी गराएको छ । अब गोपाल किराँतीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले खारेज हुने र उनीहरूले नयाँ दल दर्ता गर्न चाहेमा दलको नाम र चुनाव चिह्नसहित सम्पर्क गर्न सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com