ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले माग्यो अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दाको कैफियत प्रतिवेदन


एबीसी / संवाददाता
माघ ५, २०७७ सोमबार  ७ : २९ बजे

काठमाडौं, ५ माघ । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसम्बन्धी मुद्दाको कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

उनलाई विशेष अदालतले थुनामा पठाउने गरी दिएको आदेशविरूद्ध बस्न्यातले दिएको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।सोही मुद्दामा थुनछेक बहस सुनेपछि विशेषले उनलाई थुनामा पठाएको थियो।त्यसअघि उपस्थित हुन आएका उक्त मुद्दाका सबैजसो प्रतिवादीलाई धरौटीमा छोडेको थियो। आफूलाई थुनामा राख्ने आदेश बदर गर्न माग गर्दै बस्न्यात सर्वोच्च गएका हुन्।उनीसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो।अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ।पहिलो-सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको।दोस्रो- नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले लिखत तयार गरेको।तेस्रो-सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो।उक्त समयको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको रू। ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो।उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरिवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ।साथै नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ।साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसुरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com