ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको कदमपछि नेपाल फेरि एउटा राजनीतिक संकटमा फसेको छ- भारतका नेपालविज्ञ प्रा. एसडी मुनी


एबीसी / संवाददाता

काठमाडौं, २६ पुस ।  ओलीको कदमको संवैधानिक वैधतामाथि प्रश्न उठेपछि सबैले त्यस विषयमा सर्वोच्च अदालतको फैसला पर्खिरहेको अवस्था छ। पहिलेभन्दा अहिले एउटा कुरा फरक देखिएको छ। आफ्नो सत्ता हल्लिनुमा ओलीले यसपटक भारतलाई दोष दिएका छैनन्। उनले आफूलाई सरकार सञ्चालनमा असहयोग गरेको आरोप आफ्नै पार्टीका वरिष्ठ नेताहरुतर्फ सोझ्याएका छन्। अर्को पक्षले ओलीलाई कुशासन, भ्रष्टाचार र शक्ति केन्द्रिकरणमा लिप्त रहेको आरोप लगाएको छ। त्यसैगरी ओलीले आफूहरुसँग गरेको सत्ता साझेदारी उल्लंघन गरेको पनि उनीहरुको आरोप छ। यसपटक भारतले आफ्नो कार्ड निकै सचेतताका साथ र कुशलतापूर्वक खेलेको छ। चीनले निकै होशियारीपूर्वक बनाएको आफ्नो अहस्तक्षेपको अनुहारमा यसपटक भने आफैंले हिलो छ्यापेको छ। सत्तारुढ दलका आन्तरिक गतिविधिको मिहीन व्यवस्थापन गर्न खोजेपछि उसको सो अनुहार उदांगिएको हो।

ओलीविरोधी शक्तिहरु उनलाई अब ठेगान लगाउने भनेर उत्साहित देखिन्थे। तर अस्तित्वको लडाइँमा छट्पटाइरहेका ओलीलाई जब भारतले विस्तारै सहयोगी हात अघि बढायो अनि उनीहरु असफल भए। अहिलेसम्मका यी कदमहरुबाट भारतले आफ्नो रणनीतिक लक्ष्य हासिल गरेको छ। आफ्नो पार्टी नै फुटाएर भए पनि सरकारमा टाँसिइरहने साहस ओलीमा थपिएको छ। यस क्रममा, ओलीको अवसरवादी र राजनीतिकरुपमा लक्षित भारतविरोधी राष्ट्रवादको पर्दाफास भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता र दबदबा ध्वस्त भएको छ। र, उसको संरक्षकको रुपमा रहेको चीनसामु लज्जास्पद स्थितिको सिर्जना भएको छ। यी घट्नाक्रमहरुसँगै भारतले हटाइसकिएको राजतन्त्रको नेतृत्वमा हिन्दूवादी शक्तिहरुलाई पनि सहयोग र उत्साहित गरिरहेको छ। नेपालमा अब राजनीतिक शक्तिहरुबीच बन्न लागेको नयाँ समीकरणको दृष्टिकोणका आधारमा संभवतः यो चाल चालिएको होला। यस अर्थमा, भारत अब नेपालमा नयाँ चुनाव गराउने पक्षमा खुलेर लागेको देखिन्छ। यी सबै घट्नाक्रमबाट के देखिन्छ भने भारत नेपालका अलोकतान्त्रिक, असंवैधानिक र अवसरवादी खेलाडीहरुको पक्षमा उभिएको छ।

यो कदमलाई साउथ ब्लकका रणनीतिकारहरु ठूलो उपलब्धी हासिल गर्नका लागि चुकाउनुपर्ने सानो मूल्यको रुपमा व्याख्या गर्छन्। अन्तर्राष्ट्रिय सम्बन्धको व्यवहारिक पक्षले जहिले पनि छिमेकमा आफूसँग मित्रतापूर्ण सम्बन्ध भएको शक्ति नै सत्तामा होस् भन्ने चाहन्छ। यो एउटा स्थापित मान्यता नै हो। नेपालमा मित्रतापूर्ण र आफूले भनेको सहजै मान्ने सत्ता होस् भनेर बेलाबेला भारतबाट ठूलो लगानी गरिएको छ। तर दिर्घकालीन रुपमा हेर्दा भने यो अवधारणाले भारतको महत्वपूर्ण सुरक्षा र आर्थिक स्वार्थहरुको रक्षा गर्नमा भन्दा त्यसलाई झन् कमजोर पार्ने नतिजा नै प्राप्त भएको छ। नेपालमा सत्ता परिवर्तन गर्ने खेलमा चीन पनि गहिरो रुपमा संलग्न भएको अबको अवस्थामा यो अवधारणा आउने वर्षहरुमा निकै महंगो र अनिश्चित हुँदै जाने देखिन्छ।

अब चुनाव हुने भए पनि वा संसद पुनस्थापना जे भए पनि नेपाललाई आफ्नो राजनीतिक फोहोर आफैं सफा गर्न दिनु नै भारतका लागि अब बुद्धिमानी बाटो हुन्छ। विद्यमान अनिश्चितताबीच द्विपक्षीय सम्बन्धमा कुनै महत्वपूर्ण कदम चाल्ने संभावना नभएको हुँदा भारत जहिले पनि जनपक्षीय राजनीतिलाई अझ बलियो बनाउन र आफ्नो लोकप्रिय छविलाई सुधार गर्नतर्फ नै लाग्नुपर्छ। भारतले सन् १९५० को सन्धि, कालापानी सीमा विवाद र व्यापार तथा लगानीसम्बन्धी थाँती रहेका विवादास्पद विषयहरु पनि उठान गर्नसक्छ। ती विषयमा भारतले नेपाललाई स्पष्टरुपमा रातो घेरा तोकेर तिमीले यो घेरा चाहिँ पार गर्नुहुँदैन भनेर भन्नुपर्छ। नेपालमा चीन अहिले पक्कै पनि राजनीतिक र आर्थिकरुपमा निकै फैलिएको छ। तर चीनका बन्दरगाहबाट पारवहन सुविधा दिने र रेलवे नेटवर्क विकास गर्ने जस्ता उसका अधिकांश प्रतिवद्धता राजनीतिकरुपमा मात्र प्रेरित छन्। बीआरआई परियोजनासम्बन्धी चीनकै विज्ञहरुले पनि यसका कतिपय परियोजना आर्थिकरुपमा संभव र टिकाऊ नै नहुने बताएका छन्। नेपालको आन्तरिक राजनीतिमा चीनलाई पनि अझ आफैं डुब्न दिऊँ। त्यसपछि भारतले आफ्नो रणनीतिक ठाउँमा पुनः दाबी गर्न अझ सहज हुनेछ।

हिन्दुस्तान टाइम्स बाट

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com