ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली पासपोर्ट यो वर्ष पनि खराबकै सूचीमा


एबीसी / संवाददाता
पुस २४, २०७७ शुक्रबार   ७ : ४१   बजे

 

काठमाडौं, २४ पुस ।  विश्वका १९९ पासर्पोट र २२७ गन्तव्यलाई आधार मानेर हेन्ली पासपोर्ट ईन्डेक्सले २०२१का लागि तयार पारेको सुचीमा नेपाल अन्तिम ७ कमजोर राष्ट्रको सूचीमा परेको छ । २०२१ को लागि फ्रि–भिसा र अन अराईभल भिसाको आधारमा सूची तयार पारेकोमा नेपाली पासपोर्ट विश्वका खराव पासपोर्ट मध्येमा परेको हो ।

हेन्लीको सूचीमा विश्वका ११० मुलुक आवद्ध छन् । पासपोर्टको इज्जतको सूचीमा हेन्लीका अनुसार नेपाल उत्तर कोरियाभन्दा पनि पछि परेको छ ।

नेपाली पासपोर्ट गत वर्षको तुलनामा झन कमजोर बनेको हो । हेन्लीको सूचीमा विश्वका ११० मुलुक आवद्ध छन् । पासपोर्टको इज्जतको सूचीमा हेन्लीका अनुसार नेपाल उत्तर कोरियाभन्दा पनि पछि परेको छ । हेन्ली पासपोर्ट ईन्डेक्सले फ्रि–भिसा र अन अराईभल भिसाको आधारमा सूची तयार गरेकोमा नेपालको पासपोर्टले जम्मा ३८ देशमा मात्र फ्रि–भिसा र अन अराईभल भिसा पाउन सक्ने व्यवस्था जनाएको छ । नेपालसँगै लिवियासमेत समान अंकका साथ १०४ औं स्थानमै छ । गत वर्ष पनि नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीको सातौँ नंम्बरमै थियो ।

हेन्ली पासपोर्ट ईन्डेक्सले विभिन्न देशले जारी गर्ने पासपोर्ट र अन्तर्राष्ट्रिय हवाई व्यवस्था विभागको जारी गरेको तथ्यांकको आधारमा विश्वव्यापी मुलुकहरुको हैसियत मापन गर्न यो सूची तयार पार्ने गरेको छ । त्यसो त सूचीमा नेपालभन्दा पनि पछि ७ बटा मुलुकहरु छन् । जसमा प्यालेस्टाईन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इरान र अफगानिस्थान रहेका छन् । अफगानिस्थान विश्वकै सबैभन्दा खराब पासपोर्टको सुचीमा नम्बर १ मा छ । र अफगानिस्थानी पासपोर्टले मात्र २६ मुलुकमा मात्र फ्रि–भिसा र अन अराईभल भिसा पाउछ ।

यो सूचीको शीर्ष स्थानमा जापान र दास्रो स्थानमा सिङ्गापुर रहेको छ । दुबै देशका पासपोर्टले १९० वटा देशमा अन दी अराइभल भिसा पाउने गरेका छन् । त्यस्तै तेस्रो स्थानमा दक्षिण कोरीया र जर्मनी, चौथो स्थानमा इटाली, फिनल्याण्ड, स्पेन र लेक्जम्बर्ग रहेका छन् । ती देशहरुले पनि १९० हाराहारी मुलुकहरुमा सजिलै अन दी अराइभल भिसा प्राप्त गर्ने छन् ।

नेपालको उत्तरी छिमेकी चीन भने ७५ अंकका साथ ७० औं स्थानमा रहेको छ ।

दक्षिण एसियाली मुलुकहरुमध्ये पाकिस्तान सूचीमा १०७ औँ स्थानमा रहेको छ । जुन सूचीको पुछारबाट चौथो स्थानमा रहेको छ । उसले ३२ अंक प्राप्त गरेको छ । बंगलादेश ४१ अंकका साथ सूचकांकको १०१ औं स्थानमा छ  । त्यस्तै श्रीलंका ४२ अंकका साथ १०० औं स्थानमा रहेको छ । यता भुटानले ५३ अंकका साथ ९० औं स्थान र भारतले ५९ अंकका साथ ८५ औं स्थानमा आफूलाई उभ्याएका छन् । मालदिभ्सले ८५ अंक प्राप्त गरेको छ । पासपोर्ट सूचकांकमा ऊ ६२ औं स्थानमा परेको छ । नेपालको उत्तरी छिमेकी चीन भने ७५ अंकका साथ ७० औं स्थानमा रहेको छ ।

नेपाली पासपोर्टको मान्यता कमजोर हुनु अन्तर्राष्ट्रिय मञ्चमा लज्जाको विषय हो । रोजगारीको सिलसिलामा, सरकारी–गैरसरकारी माध्यमबाट विदेश भ्रमण वा अन्य विभिन्न उद्देश्यले विदेशी गएका नेपालीहरु उतै पलायन हुनु नै नेपाल यस यो सूचीमा निरन्तर तल्लो स्थानमा झर्नुको प्रमुख कारण हो । सरकारले बाह्य भ्रमण र श्रम गन्तव्यबारे समयमै नियमन गर्न नसक्दा विश्वबजारमा नेपालको इज्जत झन गिर्दै गएको छ । परराष्ट्र मन्त्रालय सहित सबै सरोकारवालाहरुले यो विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group