ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को-को बन्दैछन् मुख्यमन्त्री, सबका आ-आफ्नै दावी


sharan sharan

काठमाडौं, २७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै उम्मेदवारले प्रदेशसभामा विजय हासिल गरेका छन्।  एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शेरधन राई, किरण गुरुङ, प्रकाश ज्वालासहित दर्जन नेता प्रदेशसभामा विजयी भएका छन्।

प्रदेश १ को प्रदेशसभामा ५६ सिट रहेकोमा ३४ सिटमा एमालले विजयी हासिल गरेको छ। त्यसमा माओवादी केन्द्रले १३ र नेपाली कांग्रेसले ७ सिट जितेको छ भने संघीय फोरमले १ सिट जितेको छ। सुनसरी ३(ख) को गणना जारी रहेको छ। प्रदेश १ मा एमालेको सुविधाजनक बहुमत भएकाले एमालेकै तर्फबाट मुख्यमन्त्री बन्नेछ। त्यसमा दाबेदारमध्येका शेरधन राईले भोजपुरबाट जित हासिल गरिसके भने आचार्यको सुनसरी (ख) मा मतगणना भइरहेको छ।

त्यसैगरी प्रदेश २ मा ६२ सिटमध्ये संघीय फोरमले २० सिटमा जित हासिल गरेको छ। यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले १५ सिट, नेकपा एमालेले १३ सिट, नेपाली कांग्रेसले ८ सिट, माओवादी केन्द्रले ७ सिट र स्वतन्त्र १ सिटमा विजयी भएका छन्। समानुपातिकतर्फ पनि मधेसवादी गठबन्धनले अग्रता लिइरहेको छ। त्यहाँ संघीय फोरम र राजपा मिलेर मुख्यमन्त्रीसहित प्रदेश सरकार गठन हुने सम्भावना रहेको छ।

यो प्रदेशको मुख्यमन्त्रीका लागि राजपा र फोरम दुवैले दाबी गरेका छन्। पर्सा–१(ख) बाट विजयी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र सप्तरी–२(ख) बाट विजयी राजपा महासचिव मनीषकुमार सुमन मुख्यमन्त्रीको चर्चामा छन्। अन्य पार्टीको सरकार बनेमा सप्तरीबाट विजयी एमालेका सत्यनारायण मण्डल मुख्यमन्त्रीका दाबेदार हुन्।

प्रदेश ३ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ६६ रहेकोमा नेकपा एमाले एक्लैले ४२ सिट जितेको छ। यहाँ माओवादी केन्द्रले १५, नेपाली कांग्रेस ७, नयाँ शक्ति पार्टी १ र मजदुर किसान पार्टीले १ सिट जित हात पारेको छ। प्रदेश ३ का लागि एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल र माधव पौडेलको दाबी छ।

प्रदेश ४ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ३६ रहेकोमा एमाले एक्लै १८ सिटमा विजयी भएको छ। माओवादी केन्द्र ९, नेपाली कांग्रेस ५, राष्ट्रिय जनमोर्चा २, नयाँ शक्ति पार्टी १ सिटमा विजयी भइसकेको छ भने स्याङ्जाको १ सिटको मतगणना जारी छ। यहाँ एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटब्युरो सदस्य किरण गुरुङले दाबी गरेका छन्।

प्रदेश ५ मा प्रत्यक्ष निर्वाचित हुने ५२ सिट रहेको छ। जसमा नेकपा एमाले २८ सिटमा विजयी भएको छ। माओवादी केन्द्रले १६, नेपाली कांगे्रस र संघीय फोरमले ३÷३ सिटमा जित निकालेको छ। यस प्रदेशमा एमालेकै मुख्यमन्त्री बन्ने भएकाले स्थायी कमिटी सदस्य शंकर पोखरेलको एकल दाबी रहेको छ।

प्रदेश ६ मा प्रत्यक्षतर्फको २४ सिटमा एमाले १४ सिटमा विजयी भएर पहिलो बनेको छ। त्यस्तै, माओवादी केन्द्रले ९ स्थान जित्दा कांग्रेसका जीवनबहादुर शाही मात्रै विजयी भए। प्रदेश ६ मा एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला पनि दाबेदार छन्। प्रदेश ६ मा माओवादी केन्द्रको पनि दाबी छ। माओवादीले मुख्यमन्त्री पाउँदा बलियो दाबेदार पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाही हुन्। प्रदेश ७ मा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ३२ रहेकोमा एमाले एक्लै १६ सिटमा विजयी भएको छ। माओवादी केन्द्रले ८, नेपाली काग्रेसले ५, राजपाले १ स्थानमा जित्दा २ स्थानको परिणाम आउन बाँकी रहेको छ।

यस प्रदेशमा एमालेका कर्ण थापाले दाबी गरे पनि उनी समानुपातिकमा रहेका छन्। माओवादी केन्द्रले दाबी गरिरहेकाले त्यहाँ बैंकर झपट बोहोरा, अक्कल रावल, वीरमान चौधरीको पनि दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘ट्रम्प विश्वको सम्राट होइनन्, अमेरिकी निर्वाचित नेता मात्र हुन्’

एमालेमा १५ सदस्यीय पदाधिकारी हुने, उमेर सीमा र दुई कार्यकाल हट्यो

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com