ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड र केपी कमरेड, सानो मुख बढीबात नभन्नुहोला


sharan sharan

चाहाने हो भने के संभव छैन र पक्कै पनि बिकास र समृद्धिको साथ देशलाई आमुल परिवर्तन गर्न सकिन्छ भनेर तपाईं हरुले जे बिकासका योजनाहरु तय गर्नुभएको छ तिनै योजनालाइ जनतासामु भनिरहंदा ती योजनाहरुले नेपाली जनतालाइ प्रभाब पारे। दुईछाक टार्न धौ–धौ पर्ने र बिदेशी भुमिमा पसिना बगाउनु पर्ने बाँध्यतामा रहेका नेपालीहरु खुसीले पुल्कित बने । तपाईंहरुका योजना ठाउँ ठाउँमा गएर सुन्न मात्र हैन टेलिभिजनका स्क्रिन हरुमा देखिरहंदा र तपाईहरुले सुनाइरहंदा सुनौलो नेपालको सपनामा सायद धेरै रात त नेपाली जनता निदाउन सकेनन् । केरुङ हुँदै काठमाडौं आउने रेलको यात्रा गरेर देश दौडाहा अभियनामा लाग्दा नेपाली जनताहरुले सुन्दर फुलवारीको मालिकनै सम्झे आफुलाइ ।

दुइछाक मीठो मसिनो परिवार संगै बसेर खाइवरी राप्तीको पुलवाट सिंगो जीवनको कल्पना गर्दा जनताले गरेको अनुभुति सायद तपाईहरु महसुस गर्न खै कति सक्नु हुन्छ ? स्वास्थ ,शिक्षा र ,सुशासनका सपनाले भोट दिने दिन सम्म पर्खिन पनि निकै उकुस मुकुस भैरहेको अवस्थामा मतदान केन्द्रमा पुग्दा दुखका दिन सकिएको अनुभुति गरे । मत ब्यक्त गर्न पाउँदा आफुलाइ दुनियाका सवै भन्दा भाग्यशाली नागरिक भएको महशुस गर्दै नेपाली जनताले आफुलाइ निकै बलियो ठाने। धेरै पटक मत दिएर पनि धोकाधडी भएको बिगतलाइ चटक्कै बिर्सेर अवका दिनहरु सुनौला हुनेमा आफुहरुलाई निकै भाग्यमानी ठाने। लामो समयको अस्थिर राजनीतिले दिक्दार भएर लगभग राजनीति प्रति चरम असन्तुष्टि रहेको समयमा पार्टी एकता गरेर देशको बिकासमा कटिवद्ध हुनेछौ भन्ने तपाईंहरुको सन्देशले जनताहरुमा एक प्रकारको रक्तसंचारनै भएजस्तो भयो । पुरा इमानदारी रुपमा जनताले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाकी राखेनन् । अबका दिनमा जनतासंग गरेका बाचा पुरा गर्ने समय तपाइँहरूको हो।

कमरेडहरु , भन्दा जस्तो सजिलो छैन काम गर्न तपाईं हरुनै विज्ञ हुनुहुन्छ यस बिषयमा । जनता प्रति गरेका बाचा पुरागर्न निकै गाह्रो छ । यही सामाजिक संरचनाभित्र बाट आएकाहरुलाईनै जनताले माला पहिराएर अगाडि ल्याएका छन् । यो एकताको सन्देश र तपाईहरुका बिकासका योजनाहरुको जीत हो। कार्यान्वयनको र त्यसपछिको जीतको लागि तपाईंहरुले फलामको च्युँरा चपाउनु पर्ने छ। नढाटी भन्दा आजका दिनमा पनि बिजयको माला पहिरिदै गर्दा धेरैले आजसम्मको राजनीतिमा लागेको ब्याजमात्र हैन चुनावी खर्च उठाउने सपना देखेका होलान । पाँचबर्षको लागि ढुक्क रहेको पद बाट अझ कसरी माथि पुग्ने ,घिनलाग्दो सोच बनाउदै कुन कोणंवाट तपाइँहरुसंग बार्गेनिङ गर्ने मनन् गर्दै होलान तर तपाइँहरु आफ्नो लक्षबाट पछाडि नहट्नु होला। जनताका सपनाहरु पुरा गर्न आफुले गरेका बचन वद्धतालाई शिरोपर गर्दै अवका पाँच बर्ष हैन बर्षौ बर्ष नेपाली जनताको लागि तपाईहरुको आबश्यकता रहेको महशुस गराउन प्रयत्न गर्नुहोला । जस्ले जिम्मेवारी लिएको हुन्छ जवाफ पनि उसैले दिनु पर्छ ।

यस अभियानका सारथीहरु धेरै होलान तर जनताले प्रचण्ड र ओलीलाई जान्दछन। धेरैको मनमा चिसो पनि छ आफ्नै पार्टी मिलाउन नसकेका ओली र प्रचण्डले कसरी सिंगो पार्टीलाई ब्यवस्थापन गरेर लान सक्लान भनेर । कमरेड हरु, अवको समय तपाईंहरु दुईजनाको लागि झनै संक्रमणकाल हो। यहाँ अनेक चलखेल गरेर तपाईहरुलाई कमजोर पार्न खोजिने छ । फुटाउ र राज गर भन्नेहरुको अगाडि सिगों पाटी ब्यवस्थापन गरेर देशको बिकास र सुशासनको लागि लड्न हिम्मत गर्ने तपाईहरुलाई भित्र, बाहिर,आफ्ना ,पराया सबैले कमजोर पार्न खोज्नेछन।

सवभन्दा पहिले आफ्ना संग बच्दै परायाको षड्यन्त्र बुझ्नु होला । यसको लागि तपाईहरु योजना बिकास र ब्यबस्थापन बाहेकका अन्य बिषयमा बढी नबोल्नु होला । किनकी संक्रमणमा जति बढी सवाल त्यति बढी जवाफ दिनुपर्नेछ । पक्कै पनि धेरै बोलेपछि कुरा बिग्रन समय पनि लाग्दैन। साँच्चै जनताले गरेको विश्वासलाई टुट्न नदिने हो भने अलमलनै नगरी पहिले पाटी एकिकरणलाइ ब्यबस्थापन गर्नुहोस। आजको समय र अवका दिनहरु बिकास र समृद्धिको लागिनै हुन भनेर जनताको माला पहिरिएकाहरुले पक्कै पनि तपाईहरुलाई अप्ठ्यारोमा पार्ने छैनन।जनताको पक्षमा बिकासका योजनाहरु फटाफट पास गर्दै जानुस जहाँ प्रत्यक्ष रुपमा जनता लाभान्वित हुने निर्णयलाई कसैले हुन्न भन्ने सक्ने छैनन् ।

दुई छिमेकी संगको संबन्ध सुमधुर राख्दै पहिले त आफ्नो घर बलियो ,सुन्दर र हरावरा बनाउने काम गर्नुहोस् । जनताका साना साना काम गर्दिएकै बहानामा तपाईं हरुका कार्याकर्ताले लिने दक्षिणा प्रवृत्तिको अन्त गर्नुहोस। पैसाको अगाडि इमान बेच्नतयार हुने राजनीति संस्कारको उन्मुलननै गर्नुहोस । साँच्चै मान्छेलाई न्युनतम आवश्यकताको अभाबले अड्किन नपरोस तर पैसा पाए पछि पद पनि किन्न सकिने गलत परिपाटीको अन्त गर्नुहोस। कस्तो जनशक्तिको खाँचो छ त देशलाई आफै निर्णय गर्न सक्ने निर्भीक बन्नुहोस।यो क्षण तपाईंहरुको संक्रमणकालको क्षण हो । जस्लाइ चिरेर नयाँ बिहानी ल्याउन तपाईहरु खुल्ला रुपमा उदाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

सम्बन्धित

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

अमेरिकी बन्दूक हिंसा विश्वव्यापी बन्दै

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

एनजीओको युगको अन्त्य ?

इरानमा काम समाप्त गर्नुपर्छ

भाजपाले मोदीपछिको भविष्यको मार्गचित्र कसरी बनाउँदै छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com