ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध संरचना बनेको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ – जनप्रतिनिधी


एबीसी / संवाददाता

काठमाडौं, २८ मंसिर । डोजरसहित पोखराको खपौंदीमा जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मीसहित महानगरको टोली पुग्यो । फेवाताल किनार खपौंदी, गैराको चौतारामा मापदण्डविपरीतका निर्माणाधीन अस्थायी संरचना महानगरले भत्कायो । निर्माणस्थलबाट निर्माण सामाग्री महानगरले जफत गर्‍यो ।

स्थानीय तहको निर्वाचन भएर पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको वर्षदिन पनि पुगेको थिएन ।

पोखराको फेवातालको मापदण्ड मिचेर रातारात बनाईरहेका अवैध संरचना पोखरा महानगरपालिकाले भत्काएको हो । फेवातालको पश्चिम उत्तरतर्फ पर्ने खपौंदी क्षेत्रमा फेवातालको मापदण्ड मिचेर स्थानीय खगराज पहारीको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले निर्माण गरेको अवैध संरचना महानगरले आइतबार विहान डोजर लगाएर भत्काएको छ ।

शनिबार विहान महानगरले डोजर लगाएर सोहि ठाउँमा संरचना भत्काएको थियो। तर श्रेष्ठले शनिबार साँझदेखि रातारात पुनः संरचना निर्माण गर्न थालेपछि आइतबार महानगरले पुनः डोजर लगाएर भत्काएको पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

पहारीको नाममा लालपुर्जा रहेको सो ठाउँमा यसअघि प्याराग्लाइडिङ ल्याण्डिङ स्थल थियो। प्याराग्लाइडिङ ल्याण्डिङ गरेबापत विभिन्न प्याराग्लाइडिङ कम्पनीबाट उनले भाडा लिने गरेका थिए। तर रेष्टुरेण्ट व्यवसायीले बढी भाडा दिने भनेपछि उनले प्याराग्लाइडिङ ल्याण्डिङ स्थलमा रेष्टुरेण्ट बनाउन दिएका थिए। अहिले अवैध रुपमा बनाउन लागिएको स्थल फेवातालको पानीको सतह भित्रैबाट सुरु गरिएको छ। फेवातालमा ६५ मिटर मापदण्ड लागु गरिएको छ। तर फेवाताल भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको छ।

फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ। पहारीको भन्दा ३०–४० मिटर पश्चिमतर्फ पछिल्लो १ महिनामा २ वटा संरचना बनिसकेको छ। पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेको वडाध्यक्ष थापाले बताउनुभयो ।

वडाध्यक्ष थापाले अब फेवातालमा कुनैपनि अवैध संरचना बन्न नदिने दृढता व्यक्त गरे। अवैध संरचना बनेको हामी जनप्रतिनिधि टुलुटुलु हेरेर बस्न सक्दैन, उहाले भन्नुभयो ,‘जति बनाउँछन्, त्यति नै हामी भत्काईरहन्छौं।’ ताल किनारमा व्यक्तिको जग्गा भएकाले पनि समस्या बारम्बार दोहोरिएको वडाध्यक्ष थापाको भनाइ छ। राज्यले पनि यो विषयमा छिटो निकास दिनुपर्‍यो, उनले भने,‘सर्वोच्चले संघ, प्रदेश र स्थानीय तहलाई जे जे गर्न भनेको छ त्यो अनुसार गर्न अब ढिलाइ गर्न हुँदैन।’

मान्छेको आकर्षण बढेसँगै खपौंदी–पामे क्षेत्रमा तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम पनि बढेको हो । त्यही क्रममा ५ जना रेस्टुरेन्ट व्यवसायीले फेवातालमै जोडेर संरचना निर्माणको काम थालेका थिए । यो ठाउँ नपुग्दै अलि वरै सडकमाथि निर्माणाधीन विच बार एण्ड सन लाउञ्चले पनि ताल किनारमै बालुवा हालेर विच बनाउने योजना बुनिरहेको छ । त्योभन्दा केही मिटर पर अर्को एक रेस्टुरेन्टले पनि उसैगरी तालमै जोडेर संरचना निर्माण गर्ने काम गरिरहेको छ ।

मान्छेको आकर्षणको केन्द्र बने पनि तालको मापदण्ड मिचेर संरचना बनाउने क्रम बढेको भन्दै आलोचना बढेको थियो । लेकसाइडका व्यवसायीले पनि पटक–पटक महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

सांसद राजीव पहारीले केही दिनअघि पोखरा पर्यटन परिषदको अधिवेशनमा यो क्षेत्रमा अवैध रुपमा बनिरहेका संरचना भोलिको चुनौति बन्न लागेको बताएका थिए । चौतर्फी आलोचना भइरहेका बेला तालको पानीबाटै संरचना निर्माणमा बाण्डो उठाएपछि महानगरले शनिबार डोजर चलाएको थियो । फेवातालको मापदण्डभित्रको संरचना हटाउने भन्दै पोखरा महानगरले फेरि एक पटक फण्डा गरेको भन्दै स्थानीयले शंका गरेका छन् ।

सर्वोच्च अदालतले  १६ वैशाख २०७५ मा फेवाताल संरक्षण गर्न आदेश दिएको थियो । फेवातालको सीमांकन गरी मापदण्ड कायम गर्न सर्वोच्चले आदेश दिएको साढे २ वर्षपछि सरकारले फेवाताल सम्बन्धी टुंगो लगाउने अन्तिम समिति भन्दै पुण्य पौडेलको संयोजकत्वमा सीमांकन समिति गठन गरेको छ ।

महानगरले नै गरेको अध्ययनअनुसार ५ सय भन्दा बढी संरचना मापदण्ड मिचेर बनेका छन् भने १ हजार रोपनीभन्दा बढी जमिन फेवातालको कायम गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com