ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता पाण्डे शपथ ग्रहण


एबीसी / संवाददाता
मंसिर ८, २०७७ सोमबार  ५ : ०८ बजे

काठमाडौं, ८ मंसिर ।  नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सपथ ग्रहण गर्नुभएको हो । पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले सपथ ग्रहण गराउनुभएको हो ।

प्रतिनिधि सभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । प्रतिनिधि सभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताकोबीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गर्नुभयो ।

२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रीभुवन बहुमुखि क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

चितवनमा कुन दल कति बलियो ? संगठित सदस्य र समानुपातिक मतको हिसाब यस्तो छ

देशभरका यी ९ जिल्ला डढेलोको उच्च र १३ जिल्ला मध्यम जोखिममा

अमेरिकालाई यूएईको जवाफः इरानविरुद्ध हाम्रो भूमि प्रयोग गर्न दिन्नौँ

आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com