ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनमा नै फर्किनुस बाबुराम कमरेड


sharan sharan

हुनत तपाईं धेरै पढेर गरेर, भोगेरनै यहाँसम्म अाउनु भएको हो। देश बनाउन अाजबाट हैन धेरै अगाडि बाट अाफ्नो ब्यक्तिगत स्वार्थ छोडेर जनताको मुक्तिको लागि लाग्नु भएको हो। तपाइको राजनीतिले हामीलाइ समेत ततायो ।अक्षर मिलाएर शब्द बनाउने अभियनमा हाम्रा शब्दहरुले समेत शहर तातेको समय अनेक कित्ताकाटको भुमरिमा हामी पनि पर्यौ। कति बुझेर कति नबुझीकनै । समयसंगै निरन्तर बगिरहंदा संबन्धका अाधारमा समेत निचोरिन बाध्य पनित भयौ। जनताको मुक्ति र परिवर्तनको लागि गरिएको लंडाइमा तपाइको महत्वपूर्ण भुमिका रहयो।
मान्छेहरुले प्रचण्डलाइ भन्दा तंपाइलाइनै बढी चिने। जस्लाइ बढी चिनिन्छ उ संग अास पनि त त्यतिकै गरिन्छ। तपाईं प्रति जनताको ठूलो विश्वास पनि थियोे । साच्चै जनयुद्धलाई सेफल्यान्डिङ गरेर शान्तिप्रक्रियामा ल्याउन तपाइहरुले धेरै ठूलो मूल्य चुकाउनु भयो । साच्चै अाज तपाइको बेसिक लाइन परिवर्तन नभएको होला तर अावरण फरक देखिय‍ो।हामीत सामान्य मान्छे यति भन्न पनि छुट छ या छैन। जब शान्तिप्रक्रियामा अाउनु भो समयले अाजसम्म पनि तंपाइहरु संग परीक्षा लिएकै छ। देशको जिम्मेवार निकाएमा पुगेर नेपालको नक्सानै बदल्ने अास गरेका तपाइहरुले अाफ्नै पाटीलाइ धोविघाटको डिलमा लगेर हुत्याउन खोज्दा हामीले पहल गरेउ तपाइहरु टुट्न हुन्न भनेर। धेरै ले खवर्दारी गरे तपाइहरुलाइ । यो अभियानमा तपाईं एक्लैत पक्कै हुनुहुन्थेन।
एकजनालाइ देखाइदिने नाममा गरिएको तपाइहरुको यो हर्कत सुहाउदो पनि थिएन। छोडौ यस बिषयलाइ, फुटाउ र राज गर भन्नेहरुको अगाडि तपाइहरु कमजोर बन्नुभयो । दशवर्ष जनताको लागि लडाइ गरेर अाएका पाटीहरु टुक्रा टुक्रा हुदा सच्चा देशभक्त सबैको मन टुक्रिएको थियो। तैपनि अास थियो तपाईं प्रति। सिंगो देशले संबिधान सभाको जगबाट माथि उठेर राज्य पुनर्निर्माण गर्नुपर्ने समय तपाईं नयाशक्ति भनेर पाटीवाट अलग हुनुभयो। कमरेड हुनत त्यहाभित्रको माहोल के थियो तपाइले बुझ्नु हुन्छ। बस्नै नसक्ने भएर नै पाटी छोड्नु भएहोला। त्यो तंपाइको कुरा हो । अाफु सकिएर पनि देश बनाउने हरुनै राजनेता बन्न सक्छन। सिंगो जीवन र उर्भरा समय बिताएको पाटी छोडेर जब नया गन्तब्य रोज्नु भयो मानिसले पत्याएका थिएनन् । सोच्थे पक्कै पनि तपाईं फेरि अाउनुहुनेछ। अाज देश बदलिने परिवेशमा छ।
जतिबेला बामगठबन्धनको लहर चल्यो ,लागेको थियो त्यसको गतिलाइ रफ्तारमा लान तपाइँको ठूलो भुमिका हुनेछ। तपाईं ,प्रचण्ड र केपी अोलीले जनतासंग गरेको प्रतिबद्धता देखेर दुनिया चकित बन्यो। फुट्न मात्र हैन जुट्न पनि जान्दछन कम्युनिस्टहरू भन्ने सन्देश दिदा सिंगो देशनै खुसीले गदगद भयो। तर फेरि उहीँ भयो जे जनताले चाहेको थिएनन। सायद सुरुवात भएर पनि होला हरेक पाटीमा लोभि पापीहरको बाहुल्यता कायम रहयो।प्रत्येक्ष देखि समानुपातिक सम्म अाउदा लगातार खाएकाहरु अघाएनन र एउटै घरबाट तिनचार जनालाइ सुरक्षित अबतरण गर्ने घिनलाग्दो खेल भयो। कमरेड अव त यो खेलको अन्त्य गर्न प्रचन्ड र के पी अोलीले कसम खानु भएको छ। राजनीतिलाई पेशा बनाएर जनतामाथि ब्रहमलुट गर्नेहरुको अन्त गर्छौ भन्ने महान अभियानमा तपाईं यस पटक पनि अलि लज्जास्पद बाटो समाएर बिचलित बन्नुभयो की भन्ने लाग्छ। हुनत हामीले के बुझेको छौ र दखेको कुरा गर्दा पनि यो अभियानबाट तपाईं बाहिरनु हुन्थेन ।जे होस गएका कुरा नकोट्याउ अब तपाइले जितेर अाउनु भएको छ यस जितलाइ पक्कै पनि बाम एकताको लहरमै मिलाएर अागामी दिनमा देशको नक्सा बदल्न प्रयत्न गर्ने कुरामा गम्भीर बन्नु होला।
यो बाम लहरमा फेरि तपाईं अाउदा तपाइको कद घट्ने छैन। हामीलेत जति बुझ्छौ त्यति भन्ने हो गर्ने त तपाइहरुले नै हो। परिवर्तन मुखी यस अभियानमा तपाइको भुमिका त्यत्तिकै महत्त्वपूर्ण हुनेछ। हामीलाइ जुन पाटीले जीते पनि केही हुने हैन। यस्ता जीत र हारका श्रृखला धेरै देखेका पनि छौ र पनि यसपटकको अभियानले साच्चै हामी अासावादी छौ। सबै बाम एक भएर देशको हितको लागि अगाडि बढ्ने हो भने देशले काचुली फेर्न पक्कै पनि समय लाग्ने छैन। हुनत चेहरा उहिछन, उहीँ घिनलाग्दा स्वार्थ बोकेर जीतको माला लगाइरहेका मान्छेहरु देखेर लज्जित बनेको अाजको परिस्थिति भन्दा पनि अवका दिनका लागि नेतृत्वले गरेको प्रतिबद्धता हेरेर नै फैसला दिने तयारीमा छन नेपाली जनता ।
त्यसैले पनि अवको परिस्थिति अलि फरक हुन्छकी भन्ने अासमात्र हो हाम्रो पनि। यसपटक हामीलाइ फरक लागेकै छ।यो एकतालाइ ब्यबस्थापन गरेर निजी स्वार्थ छोडेर अबका केही बर्ष देश बिकासको लागि अगाडि बढ्ने हो केही हुन्छकी भन्ने अाशा मात्र हो । यसपटक पनि जनताले तपाइलाइ बिस्वास गरेका छन । जीतको माला पहिरिन जति सजिलो छ देश बनाउने अभियानमा अाफुलाइ बदल्न निकै गाह्राे छ।अनेक घिनलाग्दा खेल देख्नु भएको छ , चाहेर नचाहेर संलग्न हुनु भएको छ तपाईं पनि ।अाजसम्म जे भयो अवका दिन साच्चै देशको हित सोचेर बाम गठबन्धनमानै जानुस कमरेड देश बामपंथी र दक्षिणपन्थी ध्रुवीकरणको दिशामा अगाडि बढिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

युरोपका नेताहरूले विनाशकारी कुरा गरिरहेका छन्

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

अमेरिकी बन्दूक हिंसा विश्वव्यापी बन्दै

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com