ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसकारण मैले वाम गठबन्धनलाई भोट हालें


Shubha Kandel

देशको माहोल देखेर कसैलाई भोट दिन मन नै थिएन । जनताको नाम लिएर राजनीतिलाई पेशा बनाएकाहरुप्रति चरम घृणा हुंदाहुंदै पनि यसपटक बाम गठबन्धनलाई भोट हालें । लामो समय भएछ कलमलार्इ पेशा बनाएर देश र जनताको समस्याको बिषयमा आवाज उठाउन थालेको झन्डै दुई दशक लामो अबधिमा प्रत्यक्ष रुपमा जनताका समस्यालार्इ शब्द बनाएर देशको दुराबस्थाको बिषयमा संप्रेषण गर्ने दौरानमा हामी लागिरहंदा कतिलाइ राम्रो लाग्यो, कतिलाइ नराम्रो ।

सांच्चै कलम र यसले कोर्ने शब्द अनि यससंग जोडिने बिषयले मानिसलार्इ राजनीतिसंग प्रत्यक्ष जोड्ने रहेछ । जनताका समस्यालार्इ उठान गर्न जनताकै नेतृत्वको बहानामा गरिने पेशा भन्दा कलमले शब्द बनाएर जनताका समस्याका बिषयमा संप्रेषण गर्ने पेशा सांच्चै जटिल पनि रहेछ । हुन त आज पत्रकारिताका अनेक रुप र रङहरु देख्न र बुझ्न सकिन्छ । काम गर्ने दौरानमा समस्यासंग नजुध्ने सायद कमै होलान  र पनि हाम्रोजस्तो सामाजिक संरचना रहेको समाजमा बुझेर भन्दा पनि सुनेर बिरोध गरिन्छ । देखेर भन्दा पनि लेखेर बिरोध गरिन्छ।यसरी चलेको समाजमा कलमसंग सच्चा मित्रता हुनेहरु कति होलान ? जे होस देश जनता र समाजमा भएका हर कुराहरुको जानकारी दिने काम संचार माध्यमहरुको हो, चाहे जसरी होस् । पक्कै पनि मिडियाहरु राजनीति भन्दा अलग रहन पक्कै सक्दैनन् ।

राजनीतिलाई पारदर्शी बनाएर जनतालाई देखाइ दिने संस्थाहरुनै संचारमाध्यम हुन् र यसमा निरन्तरता दिनेहरुलार्इ पक्कै पनि देश र जनताको समस्याको बिषयमा एउटा राजनीतिकर्मीलार्इ भन्दा बढी जानकारी हुन्छ भन्दा फरक नपर्ला । जे होस् हरेक निकायहरु संचालन गर्नको लागि पक्कै पनि सुझबुझ पूर्ण मान्छेहरुको नै जरुरत पर्छ । जनताको लागि काम गर्न सक्ने निकायहरु भनेका पार्टीहरु नै हुन् । जब पार्टीहरु नै कमजोर रहन्छन् । देश चलाउने संयन्त्र कमजोर बन्छ । त्यसकारण पनि यसपटकको बामगठबन्धनले देश र जनतालार्इ आशा जगाएकै छ । लामो समय जनताको लागि लडेर जेलनेल खाएका नेताहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।

आगामी दिनमा देशको मुहार फेर्न नेताहरुले गरेको यो एकताको लहरलार्इ पूरा गर्दै देशमा बाम गठबन्धन र दक्षिणपन्थी गठबन्धन हुनसक्यो भने पक्कै पनि देशको बिकास अबस्य हुनेछ । सबै एक भएर देश र जनताको बिषयमा प्रत्येक्ष सरोकार राख्ने बिकासका कामहरु अगाडि बढ्न सके भने राज्यको पुनर्संरचना पक्कै पनि निश्चित देखिन्छ । त्यसैले पनि यसपटक आफ्नो मतको सदुपयोग हुनेछ भन्ने लागेर नै बामगठबन्धनलार्इ भोट हाल्यौं । हुन त यसभन्दा अगाडि पनि भोट बामहरुलार्इ नै गएको थियो । अक्षर खेलाउन जति सजिलो छ शब्द बनाउन गाह्रो लाग्छ किनकि जुन शब्दले जनताको आशु र पसिनाक‍ो प्रतिनिधित्व गर्छ बारम्बार हरेक समय तिनै शब्दको प्रहार गरेर जनताको मन कुंडाउनु पर्ने बाध्यतामा पनि त संचारमाध्यमहरु छौ ।

जुन दिन देश अन्यौलतामुक्त भएर जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिकास र समृद्धिको गतिमा अगाडि बढ्नेछ पक्कै पनि । त्यतिबेला हाम्रा कलमहरुलाई अक्षर बाट शब्द बनाउन त्यति कठिन पनि त हुने छैन । किसान,मजदुर महिला, दलित, अल्पसंख्यक अनेक जात जाती भाषाभाषीको लागि बन्ने शब्दहरु पक्कै पनि बलिया हुनेछन् । बिकासको गगनचुम्बी महासागरमा जनताहरुको खुसीको उत्सव हुंदैगर्दा हाम्रा शब्दहरुले पक्कै पनि खुसीको प्रतिनिधित्व गर्ने छ सायद यहि कल्पनामा हामीले एसपटक बाम गठबन्धनलाई भोट हाल्यौं । सबैबाम एकै ठाउंको सपना बोकेर हामीले कलम चलायौं, बहस र छलफल गर्यौं त्यसको परिणाम दिन तयार छौ भनेर राजनीतिक पार्टीका नेताहरुले गरेको प्रतिबद्धताको उच्च सम्मान गरेर न‌ै यसपटक आफ्नै मतसंग असहमत हुंदाहुंदै पनि हामीले गठबन्धनलार्इ नै भोट हाल्यौं ।

हुन त आफ्नै पाटी मिलाउन नसकेर यसपटक पनि एउटै घरबाट तीनचार जनाको लाभान्वित पद सुरक्षित गर्नेहरु देख्दा घृणा नजागेको     हैन । जनताको नाममा राजनीतिलाई पेसा बनाउनेहरुको रामधुलाइ गर्न यो गठबन्धनको नेतृत्वले गरेको प्रतिबद्धता लाई आत्मसात गर्दै, गएका हर गलत कदमहरुलार्इ सुधार्दै जनताको र देशको बिकासको लागि कटिबद्ध रहने प्रतिबद्धता निकै सह्रानिय थियो । जनयुद्ध ,शान्तिप्रक्रिया हुँदै देशलार्इ निकास दिन प्रचण्ड र केपी ओलीले गरेको प्रयासमा एक एक इटा थपेर अनुकूल वातावरण बनाउन सहयोग किन नगर्ने ? देश र जनताको सबै एक भएर अगाडि बढ्ने वातावरण बनाइदिनुस् भन्ने बामगठबन्धनको नेतृत्वलार्इ हामीले मात्र हैन आम नेपाली जनताले एसपटक बिस्वास गरेर हेर्न प्रयत्न गरेका छन् ।

आगामी दिनहरूमा पनि जनताको नाम लिएर जनतालार्इ नै दुख दिने काम भयो भने पक्कै पनि नेपाली जनताले सडकबाटै आफ्नो हर फैसला गर्नेछन् । त्यतिबेला जनताको अबिस्वासले उनीहरुलार्इ कहिल्यै उठ्न नसक्ने गरि पछार्ने छ । पक्कै पनि यतिबेला बहुमतको सरकार बनेर आफुलार्इ बदल्दै देशलार्इ बिकासको लागि अगाडि बढाउन बामगठबन्धनले जनतासामु गरेको प्रतिबद्धतालाई नेपाली जनताले कामगर्न सक्ने स्थायी लाइसेन्स दिन सके भने त्यसपछिको नतिजा नै पास फेलको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं, २० असार । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटमा रासायनिक मलको विषयमा

एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने, एसपीपीबारे धारणा राख्ने

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।समसामयिक विषयमा दलको धारणा

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस : सम्भवतः आजै शपथ हुने

काठमाडौं, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक

सम्बन्धित

समान राजनीतिक धारणा भएका पार्टीहरुवीच गठबन्धन हुन आवश्यक छ : भिम रावल (भिडियोसहित)

कांग्रेसले संसद विघटन गरे सदर हुन्छ, एमालेले गरे बदरः अध्यक्ष ओली

पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिनुपर्छः प्रधानमन्त्री

कँडेल र शर्माको ‘गठबन्धन राजनीति’ पुस्तकमा के छ ?

सबैले मरेको सिनो (राजा) लाई किन बोकेको भन्थे, राम्रै भयो : कमल थापा (भिडियो)

देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्‍नुहाेस्ः मन्त्री आले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...