ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली मुलुकमा कोरोना सङ्क्रमणको दोस्रो लहर : विश्वमा १० लाखभन्दा बढी मानिसको मृत्यु


एबीसी न्यूज

काठमाडौं, १३ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् भने करीब ७६ लाख ७० हजार जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ६५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या ७३ लाख ६१ हजार नाघिसकेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणपछि २ लाख ९ हजारभन्दा बढीको ज्यान गएको छ भने ४६ लाखभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६१ लाख ४३ हजार १९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणपछि ९६ हजार ३५१ जनाको ज्यान गइसकेको छ ।पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् भने ७ सय ७७ जनाले ज्यान गुमाएका छन् ।त्यस्तै ब्राजिलमा करिब ४७ लाख ४८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४२ हजार १६१ जनाको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

रसियामा पछिल्लो २४ घण्टामा करीब ८ हजार नयाँ संक्रमित थपिएका छन् भने हालसम्म ११ लाख ५९ हजार ५७३ जना संक्रमित पुगेका छन् ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।
नेपालमा हालसम्म ७४ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म ४८१ जनाले ज्यान गुमाएका छन् भने ५४ हजार ६४० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com