ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्


एबीसी न्यूज
फाल्गुन ४, २०८२ सोमबार  ५ : ४० बजे

काठमाडौं, ४ फागुन । रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वमा छन् । उनी टोलटोलमा बिहानदेखि साँझसम्म कार्यकर्तासँग भेटघाट र संवादमा जुटिरहेका छन् ।

आज बिहान मैकोटबाट कोल गएका उनी फल्नै गर्खानी, कोल, गोलखाडा, राङ्सी, नाखा, चारगाउँका मतदाता भेटघाटको कार्यक्रम छ । मतदातासँग प्रचण्डले नेपाली समुदायमा आधारित समाजवादमा जोड दिए ।

उनले भने, ‘रुकुमपूर्व समाजवादको उर्वर भूमि हो । नेपालको समुदायमा आधारित समाजवाद निर्माणको आधार यही क्षेत्र बन्न सक्छ । हामीले चीन र भियतनामको मोडल पढ्यौँ, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ ।’

पछिल्लो समय जेन-जी पुस्ताबाट देशको सही नेतृत्व गर्न र आन्दोलनमार्फत उठाएका माग सम्बोधन गर्न आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उनले दोहोर्‍याए । जेन-जीहरूले नेकपा नै अभिभावक हो भन्ने समेत बुझिसकेको उनको जिकिर छ ।

प्रचण्डले थपे, ‘जेन(जीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भनेका छन् । त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो ।’

मैकोटसम्म गाडीबाटो पुगेकोमा खुसी लागेको भन्दै उनले सहिद मार्गको अवधारणा जनयुद्धकालमै आफूले प्रस्ताव गरेको बताए ।

उनले भने, ‘जनयुद्धकै बेलामा सुरू गर्ने प्रस्ताव पार्टीबाट निर्णय गराएर अघि बढाइएको मार्ग हो यो । सहरतारा हुँदै चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने मेरो परिकल्पना छ । सहज र चिल्लो सडकबाट रमणीय मैकोट पुग्न सकिने वातावरण बनाउने लक्ष्य बनाएको छु ।’

आफू प्रधानमन्त्री हुँदा सुरू गरिएको मध्यपहाडी राजमार्गलाई अझ स्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । विरोधीहरूले आफू चुनाव जित्नमात्रै रुकुम आएको आरोप लगाएको भन्दै उनले १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजेको बताए ।

‘हिजोको मुख्य आधार इलाका रुकुम-रोल्पा थियो, पहिले रोल्पाबाट सुरू गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरू हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com