विराटनगर, २३ असार । माविराटनगर महानगरपालिको मतगणना नेपाली काँग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारको अग्रता कायमै छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा प्राप्त जानकारीअनुसार आज अपराह्न १ बजेसम्ममा प्रमुखमा नेपाली काँग्रेसका भीम पराजुलीको १४ हजार ४४४, नेकपा ९एमाले०का विनोद ढकालको ११ हजार १५४ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवको १० हजार ३४१ मत छन् ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीको १२ हजार ६१६, नेकपा ९माओवादी केन्द्र० की नमिता न्यौपानेको आठ हजार २२ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको सात हजार १६७ मत छन् । रासस
प्रतिक्रिया दिनुहोस्