काठमाडौं, २२ । पहिलो चरणमा निर्वाचन भएका ३७ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ३ स्थानको परिणाम आएको छ । तीन मध्ये मुस्ताङ र मनांङमा एमालेले जितेको छ भने एक स्थान रुकुमको पूर्वी क्षेत्रमा माओवादी केन्द्रले जितेको छ ।
मतगणना भैरहेका ३६ स्थानमा १८ क्षेत्रमा एमालेको अग्रता रहेको छ भने माओवादीले १३ स्थानमा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले अहिलेसम्म एक स्थान पनि जितिसकेको छैन । अहिले नेपाली कांग्रेस ३ स्थानमा मात्र अग्रस्थानमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्