ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ स्थानीय तहको मतगणना हुँदै, ३ सय २५ स्थानीय तहको घोषणा


admin

काठमाडौँ, २३ असार । दोस्रोचरणअन्तर्गत यही असार १४ गते भएको निर्वाचनको हालसम्म ३२५ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।

अब नौ स्थानीय तहको मतगणना जारी छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रोचरणअन्तर्गत निर्वाचन भएको थियो ।
पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १४६, नेपाली काँग्रेस ११८, नेकपा ९माओवादी केन्द्र० ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका चार र राष्ट्रिय जनमोर्चाका दुई जना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

त्यस्तै तीन जना स्वतन्त्र उम्मेदवार पनि प्रमुख÷अध्यक्ष पदमा विजयी हुनुभएको आयोगले जनाएको छ । दोस्रोचरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा नेकपा एमालेले सबैभन्दा धेरै अर्थात ४४ दशमलव ९२ प्रतिशत, नेपाली काँग्रेसले ३६ दशमलव ३१ र माओवादी केन्द्रले ११ दशमलव ६९ प्रतिशत पदमा विजयी हासिल गरेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० का अनुसार प्रदेश नम्बर– १ का १३१, प्रदेश नम्बर– ५ का १०९ र प्रदेश नम्बर – ७ को ८५ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७०, नेपाली काँग्रेस १००, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

हाल पाँच जिल्लाका नौ स्थानीय तहमा मतगणना भइरहेको छ । झापाको दमक, मेचीनगर, अर्जुनधारानगरपालिका, मोरङको विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको भिमदत्त र पुनर्वास नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना भइरहेको छ ।

दोस्रोचरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com