विराटनगर,२१ मंसिर । मोरङमा ५० देखि ७० प्रतिशतसम्म मत खसेको छ । दिउँसो साढे २ बजेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा रहेको नवज्योती मावि मतदान केन्द्रमा ७० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै जहदा गाउँपालिकाको बुड्डेश्वरी प्रावि मतदान केन्द्रमा ५० प्रतिशत मत खसेको छ । जहदा गाउँपालिकाका भित्री क्षेत्रमा कम मात्र मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । विराटनगरको आन्तरिक राजश्व कार्यालय बिराटनगर मतदान केन्द्रमा मतदानका लागि मतदाता आउन छाडेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्