भक्तपुर, २१ मंसिर ।– भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ ।
दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ । त्यहाँका केही घरका सिसा पनि फुटेका छन् ।
मतदानस्थलमा भने सुरक्षाको व्यवस्था गरेर मतदान जारी राखिएको डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । यसैबीच, बालकोट पुलमा शंकास्पद वस्तु भेटिएपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ
प्रतिक्रिया दिनुहोस्