ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हाइड्रोपोनिक’ प्रविधि प्रभावकारी


admin

फलेवास, पर्वत, २० मंसिर । पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ सफल भएको छ ।

एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लाग्नुभएका कुश्माका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गर्नुभएको हो । मोदी– ५ र कुश्मा– ३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको हो ।

युवापुस्ता लागि लोकप्रिय मानिएको सो प्रविधि जिल्लामा पहिलोपटक भित्रिएको हो । कृषिमा धेरै परिश्रम गर्न नचाहाने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँनयाँ माध्यम खोजिरहेका बेला कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ । यस्तै युवाको भीडमा हरिजनले कृषिमा सो आधुनिक प्रविधि भित्र्याउनुभएको हो ।

हरिजनले तीन मिटर लम्बाइ, तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गर्नुभएको छ । परीक्षणका रूपमा लगाइएको तरकारीले त्यही जमिनमा लगाएको भन्दा सात गुणा बढी उत्पादन दिएपछि उहाँ दंग पर्नुभएको छ । “जमिनको भन्दा फल धेरै छिटो र बढी उत्पादन भएको छ,” उहाँले भन्नुभयो ।

बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक हुने हरिजनको दाबी छ । परीक्षण सफल भएपछि हरिजनले लगत्तै करिब दुई रोपनी जमिनमा यस्तै प्रविधि अपनाउने सोच बनाउनुभएको छ । थोरै जमिन हुने तर करेसाबारी नहुनेका लागि यो प्रविधिको तरकारी उत्पादन प्रभावकारी हुने कृषि प्राविधिक बताउँछन् ।

“सम्पन्न मुलुकमा यो प्रविधि धेरै पहिलादेखि व्यावसायिक बनेको छ” वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो, “हामीकहाँ भर्खर परीक्षण हुँदैछ । करेसाबारी नहुनेले छतमा लगाएर पनि तरकारी उत्पादन गर्न सकिन्छ ।”

करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ तीन–तीन वटा पिभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पु¥याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ । दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने बनाइएको हुन्छ ।

यही चक्रिय प्रणालीका कारण पाइपभित्र लगाइएको तरकारी वृद्धि हुन्छ । सोलारले तातेको पानीबाट सिँचाइ गरिन्छ । बिरुवा छोटो समयमा वृद्धि हुन्छ । माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा फल्ने हरिजनले दाबी गर्नुभयो । एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने बताइएको छ । रु १५ हजारदेखि रु २० हजारको लगानीमा तयार हुने यो प्रविधि एकपटक बनाइसकेपछि ३० वर्षसम्म काम लाग्ने हरिजनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख !

किन अहिले आइफोन किन्नु हुँदैन ?

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com