ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-जापान सम्बन्ध सुमधुर बनाउन ‘साकुरा’ रोपिदै


admin
मंसिर १९, २०७४ मंगलबार  १ : ५२ बजे

काठमाडौँ, १९ मंसिर ।  नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ ।
साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोप्दै आएका छन् । नेपालमा यस वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको छ ।

(जापानको प्रसिद्ध साकुरा फुल)

साकुरा रोप्न आएको चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका छन् । नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल आएको हो ।

पुष्परोपण शुरुवात गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभयो । कृषि विकास मन्त्रालयका सहसचिव हेमलाल अर्यालले साकुरा चुरे क्षेत्रमा पनि रोप्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन जापानीको अभियानले सहयोग पुग्ने बताउनुभयो । “प्राकृतिक वातावरणमा स्वच्छतासँगै साकुरा फूल रोप्नाले शान्तिको सन्देश समेत प्रवाह गर्ने उद्देश्यले २३ देशका ३५ देशमा सञ्जाल बनाइएकाले यो एउटा अभियान बनेको छ, यस्तो अभियानलाई महानगरले पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले फूल हुर्काउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले फूल हुर्काउन कुनै कसर बाँकी नराखिने र रेखालुको व्यवस्था गरिने सुनाउनुभयो । नेपालमा साकुरा रोप्ने कामको समन्वय एवं नेतृत्व गर्नुभएका नेपाल पिस सोसाइटीका अध्यक्ष तथा जापानमा कार्यरत अन्तर्राष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठले यो कार्यक्रमलाई आगामी वर्ष अन्यत्र पनि विस्तार गरिने जानकारी दिनुभयो ।

नेपालमा साकुरा रोप्न प्राविधिक सहयोग गर्ने एशोसिएसनका मात्सुजावा हिरोबुमीले यस वर्ष रोपिएका फूल संरक्षण भएका आधारमा अर्को वर्षदेखि कार्यक्रमलाई विस्तार गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com