ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा : निको हुनेको प्रतिशत उकालो लाग्यो


एबीसी न्यूज
असार २९, २०७७ सोमबार   ९ : ५१   बजे

काठमाडौँ, २९ असार । नेपालमा कोरोनाबाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने बढेका छन् । असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँच सयभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् ।

नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय सङ्क्रमित र निको हुने दर कम नै छ । सङ्क्रमित हुने सङ्ख्याको आधारमा नेपाल ६१ औँ सबैभन्दा प्रभावित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् । मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय सङ्क्रमित सरदर ३७.३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको सङ्क्रमित ४८.९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१.१ प्रतिशत छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायमे थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको नमुना परीक्षणको प्रतिवेदन आएकोमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन पछिल्लो दुई सातामा शनिबारको ७० जना सङ्क्रमितपछिको अहिलेसम्मकै सबैभन्दा कम हो ।

महामारी तथा रोग नियन्त्रण केन्द्र (इसीडीसी)का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार निको हुने दर बढिरहँदा विश्वको तथ्याङ्क भेट्न एक साता लाग्छ । तर क्वारेन्टाइनमा रहेकाले उक्त दरलाई प्रभावित बनाउन सक्छन् । क्वारेन्टाइनमा हाल २३ हजार ७८४ जना छन् । जसको परीक्षण गरिएको छैन । क्वारेन्टाइनको रहेकाहरूको परीक्षण नतिजाले नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अझै बढन सक्ने डा। पाण्डे बताउनुहुन्छ । तर पछिल्ला दिनहरूका क्वारेन्टाइनमा बसेका सङ्क्रमितमा पनि सङ्क्रमण दर थोरै देखिएको छ । जसले नेपालका लागि कोरोनाको सङ्क्रमण दरले राहत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

मध्यम शक्तिको भ्रम: छनोट नगर्नु विकल्प होइन !

असुविधा नै मानवता हो: एआईको ‘सजिलो’ बाटो रोज्नु किन घातक छ?

Who Writes Our Past? -Shashi Tharoor

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group