ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्रीले चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले दियो कडा चेतानी


एबीसी न्यूज


काठमाडौं, १९ असार । चीनले सीमा क्षेत्रमा तनाब बढाउने खालको गतिविधि कुनै पक्षले गर्न नहुनेमा जोड दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले यस प्रकारको अभिव्यक्ति दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चाओ लिचियानले भारत र चीन विवादित क्षेत्रको तापक्रम न्यूनीकरण गर्न सैन्य र कुटनीतिक तहमा छलफलमा रहेको बताउनुभयो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले भन्नुभयो, “यस्तो परिस्थितिमा कुनै पक्षले तनाब बढाउने स्थितिमा रोक लगाउनुपर्छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान लद्दाख र लेह क्षेत्रको भ्रमण गर्नुभएको छ । सुरक्षा विभाग प्रमुख विपिन रावत, प्रधानसेनापति एम एन नरवनेसँगै लेह पुगेका भारतीय प्रधानमन्त्री मोदीले लेहस्थित गुल्ममा अन्तरक्रिया गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीहरुलाई सम्बोधन गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले भारतले चिनियाँ मोबाइल एप्समाथि लगाएको प्रतिबन्धबारे ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भारतमा चिनियाँ कम्पनीको सञ्चालनको अधिकार सुरक्षित गर्न आवश्यक कानूनी बाटो अपनाउने प्रष्ट्याउनुभयो । भारतले गत् साता टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com