ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ महामारीका कारण दक्षिण अफ्रिकामा कम्तीमा एक लाख व्यवसाय बन्द हुने


एबीसी न्यूज
असार १२, २०७७ शुक्रबार  ९ : २७ बजे

काठमाडौँ, १२ असार ।   कोरोनाभाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको अर्थशास्त्रीहरूले बताएका छन् ।

दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण खासगरी दक्षिण अफ्रिकाका करिब एक लाख साना, मझौला तथा सुक्ष्म खालका व्यवसायहरू धराशायी भएका बताउनुभएको छ ।

हामी कोभिड–१९ का कारण बन्द हुने अवस्थामा पुगेका उल्लेख्य व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको उहाँले सिन्ह्वासँगको कुराकानीमा बताउनुभयो । यसका कारण अफ्रिकी यस मुलुकमा कम्तीमा २० लाख रोजगार गुम्ने खतरा रहेको उहाँको भनाइ थियो ।

सरकारद्वारा उपलब्ध गराइएको कर छुट तथा राहत रकमले हजारौँ व्यवसायलाई बचाउँन सम्भव नभएको उहाँले बताउनुभयो ।

“अर्थतन्त्र महामारीभन्दा पहिल्यै सङ्कटमा रहेको थियो र महामारीका कारण यसलाई थप सङ्कटमा पु¥याएको छ,” उहाँले थप्नुभयो ।

रूड्टले भन्नुभयो, “सरकारको कर छुट तथा ाहतको योजनाले केही कम्पनीहरूलाई राहत दिने देखिएपनि अधिकांश स्थायीरूपमा बन्द हुने जोखिममा रहेका छन् ।”

दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । महामारीको प्रभावका कारण साना तथा मझौला व्यवसायलाई बचाउनलाई निकै कठिन भएको कुरामा कुनै शङ्का छैन । व्यवसाय क्षेत्रमा यति गम्भीर नकारात्मक प्रभाव देखिएको छ कि करिब ९२ प्रतिशत कम्पनी तथा फर्महरूले यही अवस्थामा अब सुधार गर्न सम्भव हुने छैन । यसका लागि विश्व समुदायको ध्यान जान जरूरी रहेको छ ।

विभागले गरेको एक अध्ययन प्रतिवेदनमा करिब ७१ प्रतिशत व्यवसायीसँग व्यवसायलाई पुनः सञ्चालन गर्ने थोरै पनि नगद नभएको देखिएको छ । त्यसैले व्यवसायलाई दीर्घकालीन हिसावले छाटकाँट गरी अघि बढ्नुको कुनै विकल्प नरहेको अर्थशास्त्रीहरूको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com