ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौंः अमेरिकी राष्ट्रपति ट्रम्प


एबीसी न्यूज

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची प्रस्तुत गर्नुभएको हो । उहाका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् ।

्राष्ट्रपति ट्रम्पले भन्नुभयो , ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं, हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’ डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिनुभयो र सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको समेत बताउनुभयो । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ तर राष्टपति ट्रम्पले भन्नुभयो , ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । तपाईंहरु जस्तो अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले हामीले ऐतिहासिक निर्णय लिएका छौं जसमार्फत् जागिर विदेशीको हातमा जानबाट रोकिनेछ । हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्नेछ ।’

अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने पनि उहाले बताउनुभयो । उहाले सो र्‍यालीमा अमेरिकाले धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको थियो । ुहामीले मानिसहरूलाई उनीहरूको योग्यता अनुसारको ठाउँ दिनसक्नुपर्छ। यसो नगर्दा समस्या आउनसक्छ उहाले भन्नुभयो । अमेरिकामा कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ र मृतकको संख्या १ लाख पार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com