ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको चेतावनी – सीमामा तनाव बढे भारतले चीन, पाकिस्तान र नेपाली सेनाको दबाब झेल्नुपर्नेछ


एबीसी न्यूज

काठमाडौं, ४ असार ।   गलवान उपत्यकामा भारत र चीनको झडप भएपछि चीले भारतलाई कडा चेतावनी दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सीमा क्षेत्रमा तनाव बढेमा भारतले चीनका साथै पाकिस्तानी र नेपाली सेनाको समेत दबाब झेल्नुपर्ने चेतावनी दिएको छ । ग्लोबल टाइम्सले सांकेतिक रुपमा तनाव बढेमा पाकिस्तान र नेपालले चीनको साथ दिने चेतावनी दिएको हो । सोमबार राती भएको झडपमा २० जना भारतीय सैनिक मारिएको पुष्टि भएको छ । चीनतर्फ पनि ठूलै क्षति भएको दावी गरिएको छ तर आधिकारिक जानकारी आएको छैन ।

शांघाइ एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हु झियोंगको लेखमा अगाडि लेखिएको छ ‘अहिले भारतको चीनका साथै नेपाल र पाकिस्तानसँग पनि सीमा विवाद चलिरहेको छ । पाकिस्तान र चीनको नतिकको सम्बन्ध छ । नेपाल पनि हाम्रो सहयोगी हो । दुवै देश चीनको वन बेल्ट वन रोड परियोजनाका अंग हुन् ।’ ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र मानिन्छ र यसमा प्रकाशित लेखहरुलाई चीन सरकारको आधिकारिक दृष्टिकोणका रुपमा लिइन्छ ।

झियोंगले अगाडि लेखेका छन् ‘यदि भारतले सीमामा तनाव बढाएमा उसले तीन मोर्चामा सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति क्षमता छैन कि उसले यो दबाबलाई झेल्न सकोस् । यसले भारतको गम्भीर पराजय हुन सक्छ ।’ झियोंगका अनुसार चीनले एलएसी बदल्न चाहँदेन । उनले गलवान घाटीमा भएका घटनामा भारतीय सेना जिम्मेवार भएको बताउँदै भारतीय सेनाले नै चिनियाँ सेनालाई उक्साएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com