ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युजिल्याण्डमा २४ दिनपछि फेरि देखियो कोरोना


एबीसी न्यूज

काठमाडौं, २ असार । न्युजिल्याण्डमा २४ दिनपछि फेरि दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका दुई महिला बेलायतबाट आएका थिए।

बिरामी परेका अभिभावकलाई भेट्न उनीहरूलाई बेलायतबाट न्युजिल्याण्ड आउन विषेश अनुमति दिइएको थियो। उनीहरू जुन ७ मा बेलायतबाट दोहा, ब्रिसबेन हुँदै न्युजिल्याण्ड पुगेका थिए। उनीहरूलाई अकल्याण्डस्थित व्यवस्थित आइसोलेसन होटलमा राखिएको थियो। जुन १२ मा उनिहरूले वेलिङटनमा आफ्ना अभिभावकको मृत्यु भएको भन्दै अन्त्येष्टिमा जान सिफारिस मागेका थिए। जुन १३ मा उनीहरूलाई वेलिङटन जान दिइएको थियो।

अकल्याण्डबाट उनीहरू निजी गाडीमा वेलिङटन पुगेका थिए। उनीहरूले कुनै पनि सार्वजनिक सेवाहरूको प्रयोग नगरेको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एस्ली ब्लुमफिल्डले मंगलबार बताएका थिए।

ती महिलाहरूले भेटेको परिवारलाई समेत अहिले आइसोलेसनमा राखिसकेको छ। ती महिलाहरूको परीक्षणका लागि सोमबार स्वाब झिकिएको थियो भने मंगलबार संक्रमणको पुष्टि भएको महानिर्देशक ब्लुमफिल्डले जानकारी दिए।  गत सोमबार न्युजिल्याण्डले आफ्ना अन्तिम संक्रमितको उपचार गरेपछि कोरोनाभाइरबाट मुक्त भएको घोषणा गरेको थियो। तर सबै संक्रमितको उपचार भइसके पनि फेरि बाहिरबाट आउनेहरूमा संक्रमण हुन सक्ने भन्दै तयारी अवस्थामै बसेको थियो। प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले पनि न्युजिल्याण्डमा कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा झरेसँगै त्यसको खुसियाली मनाएकी थिइन्।

अहिले न्युजिल्याण्डमा लकडाउन खोलिसकेको छ भने सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छैन। साथै सार्वजनिक भेटघाटमा पनि कुनै संख्याको सीमा तोकिएको भने छैन। देशभित्र सबै सेवाहरू खुले पनि नाकाहरू भने खोलेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com