ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews ▶
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरी छ‍ोरीलाई न्याय होला ?


admin
असार १२, २०७४ सोमबार   २ : ४८   बजे
शारदा शर्मा

अचानक खुट्टामा ठेसलाग्य‍‍ो म लर्वराएं।खै कताबाट आएर उनले मलाइ लड्नबाट जोगाइदिइन।उनको मुख राम्रोसंग पनि देख्न नपाउदै उनले आफ्नो कहानी शुरु गरिन।सायद युद्धको घाउले आज पनि उनलाइ झस्काइ रहन्छ।फुलजस्ती छोरीलाइ गुमाउनु परेको पिडाले धेरै पटक लर्वरिएको आफ्नो जीवनसंग मेरो साइनै नभएको प्रसंग कोट्याउदै आफ्ना दुख बिसाउदा सानिमायांका आंखामा सन्तोषका आवरणहरु देखिन्थे । खै किनहो उनले अन्जानमै आफ्ना कहानी सुनाउदा म पनि अलमलमै थिए।हतार हतार तर्कारीको पोको बोकेर म गन्तब्य तिर लम्कनै लाग्दा उनले मेरो हातै समाएर पोखिन थालिन।लाग्थ्यो उनी र म बाल्यकालका साथीनै हौ।जीवनका हर दुखहरु बाल्यकालको साथीसंग सुनाउंदैछिन उनले।मलाइ अचम्म लाग्यो यो लामो कालखण्डमा युद्धमा डटेकाहरु सगरमाथामा पुगिसके।हर कठिनाइ संगं उनीहरूले शहरको सुख सुबिधा पनि नजिकबाट महसुस गरे।तर उनी ??तर उनी हिंजकै घाउबोकेर किन माथी उठ्न सकेकी छैनन मलाइ अलि अप्ठ्यारो महसुस भयो।यतीलामो समयमा के उनका दुख सुन्ने कोही थिएनन ? कि जानीबुझी म संग उनले आफ्ना जिन्दगीका पलहरु खोल्दैछिन।अलमलमै थिएं म ।तर उनले सुनाउंदै गइन ।

माओवादीलाइ खाना खुवाएकै निउमा सेनाले उनको घरमा छापा मार्यो। पाचंवर्ष पछि साउदीबाट घर फर्केका श्रीमानले साउदीको पैंतालीस डिग्री गर्मीमा कसरी काम गर्न बाध्य भए र यो पांचबर्षमा उनका श्रीमाले कस्ता हन्डर खानुपरेको थियो,पूरा बिवरण सुन्न नपांउदै त्यस रात उनकी छोरी र श्रीमानलाइ नेपाली सेनाले नियन्त्रणमा लियो।सायद बाथ रोगले थलिएर ओछ्यान नपरेको भए उनलाई पनि सेनाले लैजान्थ्यो।तर उनलाइ चुक्कुल लगाएर घर भित्रै छोडियो।एकछिन पछि ड्याङ ड्याङ आवाज आयो ।उनी डरले थरथर भइन ।सायद त्यहि ड्याङ ड्याङले उनकी छोरीको प्राण उडायो । छोरीको मृत शरीर देखेकी उनले श्रीमानलाइ भने आजसम्म पनि देख्न पाएकी छैनन।उनका आखांमा आंशु छचल्कियो ।बाहिर आउन नदिइ सारीको फुर्कोले दुबै आखा पुछिन।उनले आंसुलाइ बाहिर आउन दिइनन तर मेरो आसु चिउडो सम्मै पुग्यो।संवेदना र भाबनात्मक रुपमा छचल्किएका मेरा आंसु खै किन हो रोकिनै मानेनन ।म बिदा लिन खोजे।उनले दुबै हात चपक्क समाइन र नजिकैको बेन्चीमा मलाइ बसालिन ।सायद त्यतिबेला म पिडाले छट्पटीएकी थिंए।

इमेज टेलिभिजनमा इभिनिङ सिफ्टमा काम गर्ने बुढा टाउको दुखेर सम्सांझै घर फर्किएको एकैछिनमा पूरा घर सेनाले घेरेको थियो।हामी कोठा भित्र थियौ।हाम्रो नाम लिएर यहीँ हो बस्ने रुरुभन्दै सादा पोशाकका मान्छेहरुले मेरो श्रीमानलाइ काम छ भन्दै क्यासेट छोप्ने रुमालले मुख छोपेर बाहिर निकाल्दा सायद मैले चारैतिर अँध्यारो देखेकी थिए। घरमा भएका किताब डायरी ,फोटा सबैकुरा बोरामा पोको पारेर देशको जिम्मेवारी लिएकाहरुले एकजना निसस्त्र मान्छेलाइ बेपत्ता बनाएका द्दड दिन मेरोलागि युग युग भन्दा कम थिएनन । हरेक रात च्यानल गेटमा चिहाउदै अनेक गुहार माग्न शहरका सडकमा चाहार्दा त्यहां हिड्ने सबैलाइ निकै भाग्यमानी सम्झिन्थें मैले ।कम्तिमा पनि उनीहरु बांचिरहेकात छन।धेरै मान्छेहरुले अनेक बहानामा दुख पाइरहेको त्यो अत्यासलाग्दो क्षणभित्र डुब्दै जादा मैले सानीमायांलाइ धमिलो देखें। सानीमायांको कहानीले मेरोबिगत कोट्याइदिदां धेरै पात्रहरूको याद पनि आयो कतिले साथ दिए कतिले साथ छोडे । परिवारमा भएको पटक पटकको निगरानी गिरफ्तारी , तनाव र संघर्ष ले जीवन नाफाकै जस्तो लाग्न थाल्यो। म जुरुक्क उठें।

उनले फेरि बस्न भनिन।खै किनहो यसरी फिसलिदै र लर्वरिदै जीवनको अग्नि परीक्षा उतिर्ण गर्न म आज पनि लागिरहेकी छु,उनले भन्दै गर्दा म झसंग भए । नबुझे पनि बुझेजस्तै गरें।यति लामो समय सम्म नपुरिएका उनका घाउहरुमा लगाउने मलम म संग पक्कै पनि थिएन ।र पनि सोधें आज अचानक किन यादहरुले सताउन थाले ?? उनले भन्दै गइन यी घाउहरु सुक्न सक्छन तर निको हुन सक्दैनन ।मलाइ अचम्म लाग्यो सुक्दै गए पछित पक्कै पनि निको हुन्छननी त मैले सोधें उनले फेरि भनिन देश र जनताको लागि लडेकाहरु एक ठाउँमा छैनन।हिजो छोरीले भात पकाएर खुवाएकाहरु पनि युद्धमा सहिद बने मेरी निर्दोष छोरी र श्रीमानको हत्या गर्नेहरुले पदक पाए।आज टाउकोको मोल तोक्ने र तोकिनेहरुको एकता बिचित्रको छ । स्वार्थको लागि जे पनि गर्नेहरुले के मेरी छोरी र श्रीमानलाइ न्याय दिन सक्लानरुरुमलाइ सोध्दै गर्दा उनका आखां फेरि एकपटक रसाएका थिए । श्रीमान र छोरीको अत्यासले फेरि पनि उनी कहालिएकी थिइन ।

सायद उनी भित्रको पीडा कमैले महसुस गर्न सक्छन । उनका सवालहरुको म संग कुनै जवाफनै थिएन । उनले फेरि सोधिन स्थानीय चुनावको के नाटक हो योरुम अलमलिएं। मधेशको नाममा भएको यो अस्वस्थ राजनीतिले के देशको न्याय होला ?? टेलिभिजनको अन्तरवार्तामा जसरी सोधेका उनका सवालहरुले चकित थिएं । सोचें जीवन र जिन्दगीको कठिन कोशेढुङ्गा तर्दै जांदा विश्वविद्यालय सजिलै टप गरेकी छन सानीमायाले ।अचानक फेरि भेट्छुहै भन्दै हतार हतार गाडी चढिन मैले हेरिरहें ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

खुला इन्टरनेटको अन्त्य

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

गणतन्त्रका परजीवीहरू

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group