लिपुलेक, कालापानी र लिम्पियाधुरा सवै समस्याको हल गरिनुपर्छ



नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।।।

निम्न एतिहासिक बुँदा बस् याद दिलाउन मात्र हो।

नेपालमा पहिलो चोटी प्रजातन्त्र आउँदा राजा त्रिभुवनको भारत भ्रमण देखि नै कुरो बिग्रिन सुरु भएको हो।
नेपाललाई जसो तसो टुक्राएरै खाने दाउपेच जमाना देखि सुरु भएको हो।

२००७ सालको कोशी सम्झौता जो भारतकै हितमा छ।

२०१५ सालको गण्डक सम्झौता पनि भारतकै हितमा।

२०४५–४६ मा बहुदलिय सरकारको स्थापना पनि भारतकै हातबाट भयो या भनौँ खेल उनिहरुकै हो।जहाँ माहाकाली सम्झौता अनि टनकपुर गायब भयो।

जातिय भेदभाव हुन्छ कि धार्मिक लडाइँ जसरी भए पनि जनतामा फुट ल्याउने खेल खेल्यो तर त्यति फलदायी भएन। भित्री तवरबाट नयाँ चाल चल्यो जहाँ माओवाद लाई हातमा लिई देश खोक्रो बनाई अन्तमा राजतन्त्र नै सिद्ध्याइदियो। टिका टिप्पणी देखिन्छ कतै कतै दरवार हत्याकाण्ड पनि यिनकै साजिस अनुरुप भएको हुन सक्छ तर किटान भने लाउन सकिएको छैन।

२०६२(६३ मा दिल्ली १२ बुँधे सम्झौता भयो र देशको राजनीतिले कोल्टे त फेर्यो तर जनहित र देश विकास भने खासै भएन।छेपारोले भन्दा कडक रुपले रङ फेर्ने गर्छ जो उसकै हस्तक्षेपमा साथ दिएका रहेछन् भन्ने पुष्टि पनि हुन आउँछ।भारतका सो ताका का प्रधानमन्त्री मनमोहन सिंह द्वारा सार्क सम्मेलनमा राजा ज्ञानेन्द्रलाई एक अनौठो प्रस्ताव राखियो जहाँ नेपाललाई भुटान बनाउन भनियो तर उनले सो कुरा अस्विकार गरी देश जनताको हातमा सुम्पने काम गरे र आफै सत्ताच्यूत भए। आज यो घडीमा भारतका पूर्व जेनेरल गगन दिप बक्सिले आफै खुलासा गरेको स्थिति छ उनी भन्छन् माओवादलाई पालेर सत्तामा पुराउनु नै हाम्रो गल्ती भयोू। सिमा विवाद मानिएको नारा नेपालमा चर्किएर नेपालले पहिलो राजनीतिक मान चित्र सही ढङ्गले पेश गरेको अवस्थामा ओकलिएको संवाद।

२०७२ सालमा जारी गरिएको संबिधान ले धर्म निरपेक्षता अपनायो तर हात कस्को ? हिन्दु राष्ट्र हटाउने खेल सफल पार्ने उनीहरु आफै अनि बाहिर यस्तो गर्न हुँदैन भनेर नाटक गर्ने पनि उनीहरू आफै। आफ्नो विस्तारवादी नीति जसरी हुन्छ सफल पार्न नेपालमा बारम्बार सरकारमा अदल बदल को खेल जारी गरिरहेको देखिन्छ।

यति सब हुँदाहुँदै अनि हामीले हेर्दा हेर्दै चप्पल पड्काउँदै आएका देशका राजनेता कहाँ बाट कहाँ पुगे। अचानक डाक्टर बाबुराम भट्टराई माओवादी बाट अलग्गिए र नयाँ शक्ति भन्दै कता गएर आफ्नै अभियान चलाउँदै गरेको देखिन्छ। पहिले त उनी पनि माओवादी नै थिए जो सबैलाई अवगत छ। के थाहा यो पनि हालको परिस्थितिमा भारत सहयोगका लागि खेलेको खेल पो हो कि ?
तर के यी सब जो जति छन् विश्वास योग्य छन् त ?

माहाकाली सम्झौता हुँदा शेर बहादुर देउवा प्रधानमन्त्री थिए र उनका ति टोलीमा अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पनि सामेल थिए।खै सिमानाको समस्या त्यतिबेला नै किन हल गरिएन ? यस्ता प्रश्न हामी आफूले आफैलाई गर्ने बेला आएको छ जस्तो मलाई लाग्छ। भरोसाका धारहरु टुट्दै गरेको देखिन्छ। उल्लेखित नाम मात्रै होइनन् जति पनि राजनेता छन् यी कोही अछुत छैनन् देशलाई आज यो कठिन परिस्थितिमा ल्याउन। सबैको हात बराबर भएको देखिन्छ।

बिकट गाउँ बस्तिमा खासै सरकारको ध्यान पुगेन। बिकासका पुर्वाधार यदि बनेको हुन्थ्यो र सरकारले स्थानीय निकायको विवरण प्रष्ट रूपले अध्ययन गरी कार्यन्वयन गरेको हुन्थ्यो भने लालपुर्जा नेपालीको हातमा अनि भोग चलन भारतले गरेको देखिन्थेन होला। तराइका अनेकन सिमा अतिक्रमण हुन्थेन होला अनि लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि। यी सबको हल अब वान शटमा गर्नैपर्छ।

हाम्रो नेपालीको पनि फेरी घैँटोमा घाम ढिलो लाग्छ। कुरा के हो लगभग १०औं वर्ष पछि बुझ्ने बानी छ। पार्टीको नाममा पट्टी बाँधेर हिँड्छौँ हामी। अब यस्तो बानी हटाउन जरुरी छ। अहिले जुन कदम सरकारबाट चालिएको छ त्यो सरहानिय छ तर विश्वास कता कता डग्मगाउँछ। एकचोटी अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै। बिगतका दिनहरुमा त्यत्रो धोकाधडी भएको छ अनि कसरी गर्ने विश्वास ? देशको स्वाभिमान,स्वाधिनता अनि सार्वभौम सत्ता माथि मजाकी ढङ्गले उत्पात मचाउनु नैतिकताले दिन्छ त ? हामी भन्दा साना मुलुक हेरौँ जसको नामो निसान थिएन आज कति सम्बृद्ध छन्।

१९६० सम्म बालुवा मात्रै भएको यूएइ उदाहरण छ जसले हाल नेपाल बाट श्रम किन्छ। हामी भन्दा कान्छो मुलुक हामीलाई हेपेरै भाइ भन्छ। माया र सद्भावले भनेको भए एउटा कुरा। हुन त म जाबोले गरेको देशको चिन्ता र लेखेका यी शब्द कमैले पढ्लान्। तर जसले पढ्नु हुन्छ आउनुस् पार्टी होइन देशको झण्डा लिएर नयाँ आयामको सुरुवात गरौँ।युवा सब एक हौँ र देशको स्वामित्व जोगाउन यी सब नाटकबाजहरूलाई हटाइ सच्चा देश भक्त छानेर देशलाई टुक्रिन बाट जोगाअौँ। वृक्षले फल दिएन भनेर गुनासो गर्नु अघि हामी माटो मुनिका जराले सही भुमिका निर्वाह गर्न जरुरी छ। अहिले नै जागरुक नहुने हो भने चिन र भारतले मिलेर खानेछ नेपाल। माटै आफ्नो रहेन भने नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।

    Comment Here!


सम्बन्धित समाचार

View All