ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झण्डै ५ महिनापछि पहिलो पटक चीनमा संक्रमण शून्य


एबीसी न्यूज
जेष्ठ १०, २०७७ शनिबार  ५ : १० बजे

बेइजिङ, १० जेठ । चीनमा झण्डै ५ महिनापछि संक्रमण शून्य दिन आएको छ । २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । त्यसयता चीनमा दैनिक कुनै न कुनै संक्रमण देखिएको थियो । तर, शुक्रबार पूरै चीनमा कुनै पनि नयाँ संक्रमण देखिएन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने मार्चबाट भने संक्रमण तीव्र रुपमा घट्दै आएको थियो । तर समाचार संस्था रोयटर्सका अनुसार चीनमा बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ । यसमा विदेशबाट फर्किएका चिनियाँ नागरिक छन् ।

पछिल्लो समय चीनको पूर्वोत्तर सीमावर्ती जिलिन र हेइलोङजियाङ प्रान्त संक्रमणको इपिसेन्टरबन्दै गएको बताइएको छ । उद्गमस्थल वुहानमा पनि गत अप्रिल ८ तारिखबाट लकडाउन हटाइएको छ । तर यो महिना वुहानका केही ठाउँमा भने संक्रमित भेटिएका छन् । महामारी रोक्न भन्दै वुहानका एक करोड १० लाख व्यक्तिको परीक्षण भइरहेको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।

शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ७९ हजार ३ सय ३२ जना निको भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक सय ११ जना मात्रै अस्पतालमा उपचाररत रहेका छन् ।

चीनबाट सु्रु भएको कोरोना महामारीले युरोप हुँदै अहिले अमेरिकालाई इपिसेन्टर बनाएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ लाख एक हजार ४ सय ३४ जना संक्रमित भएका छन् । त्यस्तै करिब ९६ हजारको मृत्यु भएको छ भने तीन लाख ५० हजारभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com