भारतमा कोरोना संक्रमितको संख्या १ लाख २५ हजार नजिक, ३ हजार ७२६ जनाको मृत्यु



काठमाडौं, १० जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २५ हजार नजिक पुगेको छ । एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All