ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु


एबीसी न्यूज
जेष्ठ ७, २०७७ बुधबार  ८ : २३ बजे


कोरिया, ७ जेठ । दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । विश्वभरी अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः संचालन गर्न थालिएको हो ।

देशभरी बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरु संचालन हुन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । शिक्षालयमा प्रवेश गर्नु अघि शिक्षक तथा विद्यार्थीहरुको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउने लगायतका प्रक्रिया लागु गर्नै पर्ने व्यवस्था गरिएको उनीहरुको भनाई छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरु नयाँ तरिकाले संचालन गर्न लागिएका छन् । रोगको डरले लामो समय लकडाउन समेत लगाइएकाले विद्यार्थीहरुको अध्ययन कार्य प्रभावित भएको थियो । अहिले संचालन गर्न थालिएका शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरु पहिलाभन्दा फरक रहेको विद्यार्थीहरुले बताएका छन् ।

देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्नेगरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्कने स्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्धेश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाई छ ।

अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि मात्रै अध्ययन अध्यापन कार्य संचालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । उनीहरुले सानो उमेरका विद्यार्थीहरुका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य शुरु गराइने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com