ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाँउपालिकामा छैन बैक, कारोबार गर्न तीन दिन धाउनुपर्ने बाध्यता


admin
मंसिर १४, २०७४ बिहीबार  ११ : ४४ बजे

सोलुखुम्बु, १४ मंसिर। सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ ।

बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनँहु लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलनलगायत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको शाखा नहुँदा समस्या आएको हो ।

गाउँपालिकाले विभिन्न शीर्षकबाट लिने राजस्व जम्मा गर्न, तलब भत्ता भुक्तानी गर्नसमेत यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारी तीनसम्मको पैदल हिँड्न बाध्य छन् ।

नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफकुमार बास्तोलाले योजना सम्झौता गरेपछि खाता खोल्न, भूकम्पको राहत लिन सबै कामका लागि सेवाग्राही सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

हिमाली जिल्ला भएकाले भौगोलिक विकटता छँदैछ । सिंह दरबारको अधिकार गाउँगाउँमा आउने बताए पनि आर्थिक कारोबार गर्न सदरमुकामनै पुग्नुपर्ने यहाँको बाध्यता बनेको छ । जिल्ला सदरमुकामदेखि लिखुपिके र महाँकुलुङ गाउँपालिकाको कार्यालय १७ कोष टाढा पर्छ । यहाँ सदरमुकामको कुनै पनि सडक सञ्जालले छोएको छैन । यस गाउँपालिकाका सम्पूर्ण नागरिक पैदलयात्रापश्चात् दुई दिनमा सदरमुकाम आइपुग्छन् ।

लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले भन्नुभयो, “गाउँपालिकाको सेवामा यहाँका नागरिकले कुनै पनि सहज अनुभूति गर्न सकेका छैनन् ।”

गाउँपालिकामा कुनै पनि आर्थिक कारोबार गर्ने अधिकार प्राप्त वित्तीय शाखा नहुँदा सदरमुकाममा केन्द्रित बैकमा आर्थिक कारोबार गर्नु यहाँको बाध्यता रहेको छ ।

कुनै पनि कर्मचारीलाई तत्काल रकम आवश्यक परेमा गाउँमा ऋणबाहेक अन्य विकल्प छैन । दूधकौशीका गाउँपालिका– ७ र ८ का वडा सचिव रवीन्द्रकुमार भट्टराईले भन्नुभयो, “आफ्नो खातामा रकम भए पनि तत्काल गोजीमा रकम सकियो भने अन्य व्यक्तिलाई ऋण मागेर काम चलाइरहेका छाँै ।”

उहाले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता वितरणको लागि अझै पनि सदरमुकामबाट रकम लैजानुपर्दा सुरक्षामा चुनौती छ ।” सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन ।

चुनाव जित्ने बेलामा हरेक सेवा सुविधा गाउँमै आउने आश्वासन बाँडेका उम्मेदवारलाई अहिले त्यहीसम्बन्धी प्रश्न आउने गरेको छ । दूधकौशीका गाउँपालिका अध्यक्ष असिम राई भन्नुहुन्छ, “व्यवस्थापनमा समय लाग्दा, जनताको बचन सुन्नुबाहेक विकल्प छैन, हाम्रो समस्या प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपश्चात् तत्काल सम्बोधन हुन्छ ।”

अहिले सदरमुकाम रहेको सोलुदूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजी सेञ्चुरी कमर्सियल बैंक , एनएमबी बैंक समेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ ।

तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । गाउँमा बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित छन् । विगतझै गाउँपालिकाको सेवा लिन स्थानीय सदरमुकाम धाउन बाध्य बन्ने गरेका छन् ।

जिल्लाको दूधकोशी, दूधकौसीका, सोताङ, नेचासल्यान गाउँपालिका महाकुलुङ र लिखुपिके गाउँपालिकामा बैंकको शाखा नहुँदा आर्थिक कारोबारका लागि हैरानी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com