ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामा अमेरिका आउन नसकेका ग्रिनकार्डवाहकले बोक्नसक्ने ५ प्रकारका प्रमाण


एबीसी न्यूज
बैशाख २९, २०७७ सोमबार   ८ : ०७   बजे

अमेरिका, २९ बैशाख । यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र १८० दिनभित्र अमेरिका प्रवेश गर्न सक्नुभएको छैन भने अमेरिकी सरकारले तपाईले स्थायी बासिन्दाको स्टाटस त्यागेको अनुमान लगाउन सक्छ । तर अहिले कोरोनाको महामारीका कारण तपाई अमेरिका फर्कन नसकेको अवस्था पनि हुनसक्छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ तर अमेरिकाबाहिर बसेको १८० दिन नाघिसकेको छ भने तपाईको अमेरिका प्रवेशमा प्रश्नवाचक चिन्ह लाग्नसक्छ । अर्थात् तपाईले अमेरिका छिर्ने क्रममा कस्टम एण्ड बोर्डर प्रोटक्सनका अधिकारीहरुबाट प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ । यो अवस्थामा तपाईलाई अमेरिकामा प्रवेशमा रोक समेत लाग्नसक्छ ।

तर नआत्तिनुहोस् । तपाईले केही प्रमाणहरु तपाईसँग बोकेको खण्डमा भने तपाईलाई कुनै समस्या नहुनसक्छ । तपाईले कोरोनाको महामारीका कारण तपाई १८० दिनभित्र अमेरिका आउन नसकेको प्रमाणका अतिरिक्त अन्य केही प्रमाणहरु पनि तयार पार्न सक्नुहुनेछ , जसले तपाईले अमेरिकामा स्थायी बासिन्दाको स्टाटस परित्याग नगरेको कुरा विश्वस्त पार्नेछ ।

यदि तपाईको अमेरिकामा घर छ वा अपार्टमेन्ट भाडामा लिनुभएको छ भने तपाईले त्यसको प्रमाण आफूसँग बोक्नुहोला । यदि तपाई घरमालिक हो भने वा अपार्टमेन्ट भाडामा लिनुभएको छ भने यो तपाईका लागि स्थायी बासिन्दाको स्टाटस नत्यागेको प्रमाण बन्नसक्छ ।

तपाईले अमेरिकामा आफ्नो आर्थिक सम्बन्ध निरन्तर रहेको पुष्टी गर्न बैंक एकाउन्ट, क्रेडिट कार्ड वा कुनै लगानी अद्यावधिक रहेको प्रमाण तपाईसँग बोक्न सक्नुहुनेछ । त्यस्तै घर, स्वास्थ्यविमा वा जीवनबिमाको प्रमाणपनि तपाईको स्टाटसको निरन्तरताको प्रमाण हुनसक्छ ।

त्यस्तै तपाईले अमेरिकाको आफ्नो ठेगानामा ट्याक्स फाइल गर्न सक्नुहुनेछ । यदि तपाईले अमेरिकाको ठेगानामा ट्याक्स फाइल गर्नुभएको छ भने उक्त प्रमाणका आधारमा तपाईलाई अमेरिका प्रवेशमा समस्या नहुनसक्छ । आईआरएसले ट्याक्स फाइलको म्याद जुलाई १५ सम्म लम्बाएको छ । तपाईले अमेरिकाबाहिरैबाट पनि ट्याक्स फाइल गर्न सक्नुहुनेछ । यदि तपाईले सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन भने तुरुन्त गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

सडकको ‘आइकन’ देखि ‘स्टेट्सम्यान’ : एक असाधारण उदयको साधारण पतन?

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group