ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङको उद्योगमा एघार अर्ब लगानी


admin
मंसिर १२, २०७४ मंगलबार   ३ : ३१   बजे

दाङ, १२ मंसिर । दाङमा स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ ।

उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो ।

उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगको भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग अहिलेसम्म खुलेको र दर्ता भएको बताउनुभयो ।

जिल्लामा सबैभन्दा धेरै कुटानी पिसानी र च्युरा मिल उद्योग ७४८ वटा दर्ता भएको छ । त्यसैगरी होटल, रेस्टुराँ उद्योग ६२२, पोल्टी फिड ५८६, सः मिल तथा फर्निचर उद्योग ३६५, ग्रिल उद्योग २२३ र निर्माण सेवा २५५ वटा दर्ता भएका छन् ।

कृषि बहुउदेश्यीय उद्योग तीन सय ७ र पशुपालन उद्योग ३३२ वटा दर्ता भएका छन् । ती ५४ प्रकारका उद्योगले वार्षिक रु आठ अर्ब, ६७ करोड ६२ लाख ३७ हजार १६२ मेट्रिक टन उत्पादन गर्ने गरेको वलीले जानकारी दिनुभयो । ती उद्योगमा २२ हजार ९८१ जनाले रोजगारी पाएका छन् ।

चालु आवको पहिलो चौमासिकमा तीन सय आठवटा उद्योग दर्ता भएका छन् भने रु ४१ करोड ९५ लाख ७५ हजार लगानी हुनुका साथै एक हजार १९ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group