कैलाली २२ असार । सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशका ८८ मध्ये ८५ स्थानीय तहको अन्तिम नतिजा आउँदा कांग्रेस–एमाले ३७ । ३७ तहको प्रमुख पद हात पार्न सफल भएका छन् । माओवादी केन्द्र १० र लोकतान्त्रिक फोरम १ तहमा विजयी भएको छ । । उपप्रमुख पदमा भने ४३ तह जित्दै एमाले पहिलो दल बनेको छ । बझाङ र बाजुरामा माओवादी शून्य भएको छ भने डडेल्धुराको अमरगढी र कैलालीको टीकापुरमा एमालेलाई अनपेक्षित जीत हासिल भएको बताइएको छ । कञ्चनपुरको बेदकोटमा कांग्रेसलाई अनपेक्षित हार भएको कांग्रेसीहरुको दावी छ । कैलालीको धनगढी तथा कञ्चनपुरको भीमदत्त र पुनर्वासमा मतगणना जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्