ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै दु:ख कठिनाइसँग नहारी देशको पुनर्निर्माणमा जुटेका नेपाली जनताप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु– हउ यान्छी


एबीसी न्यूज

काठमाडौँ — आज नेपालको अप्रिल २५ महाभूकम्पको पाँचौ वर्षको स्मृति दिवस हो । त्यो वर्षको विचार गर्दा पुराना कुराहरु मेरा आँखा अगाडि झलझली देखा पर्दछन् । त्यस समयमा म चीन सरकारको परराष्ट्र मन्त्रालय एसिया विभागमा कार्यरत थिएँ ।

अप्रिल २५ का दिन नेपालमा ८.१ रेक्टर स्केलको महाभूकम्प गएको थाहा हुनासाथ म र मेरा सहकर्मीहरु तुरुन्तै उद्धार कार्यमा जुट्न थालेका थियौँ। सबैजना दिनरात नभनी काममा व्यस्त रह्यौं, सबैको मनमा एउटै कुरो मात्र थियो जसरी हुन्छ अत्यावश्यक उद्धारकर्मीहरु र सामग्रीलाई यथाशीघ्र नेपाली जनता कहाँसम्म पुर्‍याउने। हामी घाइतेहरुको उद्धारगरी प्राण जोगाउनका लागि समयसँग बाजी थापेर दौड्दै थियौं, प्राकृतिक प्रकोपसँग संघर्ष गर्दै देशको पुनर्निर्माणमा जुट्न लागेका थियौं।

ठूलो मेहनतपछि चीनको अन्तरराष्ट्रिय उद्धार टोली महाभूकम्पको भोलिपल्ट नै पहिलो ठूलो अन्तरराष्ट्रिय उद्धार टोलीको रुपमा काठमाडौं आइपुग्यो। र, दुई घाइतेहरुलाई जीवितै उद्धार गर्न सफल भयो। करिब १४ करोड य्वीयान् रेन्मीन्पी मूल्य बराबरको तीनपटकमा संकटकालीन मानवतावादी राहत सामग्रीहरु पनि हवाइ मार्गबाट छिटै नेपाल आइपुग्यो। चीनको तिब्बत स्वशासित क्षेत्रका न्यालम र केरुङ काउन्टीका भवन र बाटाहरु भूकम्पमा परी बिग्रिएको अवस्थामा पनि चीन सरकारले पठाएको चिनियाँ सशस्त्र प्रहरीको यातायात सैन्य टोलीले आफ्नो ज्यानको परवाह नगरी अतिशीघ्र चीन नेपालबीच जीवनको मार्गको रूपमा रहेको अरनिको राजमार्ग खुलाउने कार्य सम्पन्न गर्‍यो। र, सबैभन्दा बढी आवश्यक परिरहेको पेट्रोलियम पदार्थ, खाद्य सामग्री, औषधि आदि सामानहरू नेपालमा पुर्‍यायो। चिनियाँ जनताले स्वस्फूर्त रुपमा चीनस्थित नेपाली राजदुतावासमार्फत् राहत सामग्रीहरु र आर्थिक सहयोग प्रदान गरे। नेपालमा कार्यरत चिनियाँ कम्पनीहरु र चिनियाँ नागरिकहरुले पनि उद्धार र राहत कार्यमा जुटी स्थानीय बाटोघाटोको मर्मत र संचार व्यवस्थाको पुनर्स्थापनामा सहयोग गरेका थिए।

संकटकालीन उद्धारकार्य पूरा भएपछि नेपाली जनताले महाभूकम्प पछिको कठिन पुनर्निर्माण कार्य प्रारम्भ गरे। यसकार्यमा चीन पहिलेदेखि नै सक्रिय रुपमा सहभागी हुँदै आइरहेको छ। तात्कालीन चिनियाँ परराष्ट्र मन्त्री, वर्तमान स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले चीन सरकारको प्रतिनिधित्व गरी नेपाल पुनर्निर्माण अन्तरराष्ट्रिय बैठकमा भाग लिनु भएको थियो। सन् २०१६–२०१८ मा चीनले नेपाललाई ३ अर्ब य्वीयान् रेन्मीन्पी अनुदान दिने घोषणा गर्नु भएको थियो। दुई देशबीच आधारभूत संरचनाहरु, भूकम्पपश्चात् पहाडी क्षेत्रमा जनजीवनको पुनर्व्यवस्था, सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार, प्राकृतिक प्रकोप रोकथाम र नियन्त्रण क्षमता निर्माण र स्वास्थ्य तथा चिकित्सा सेवा, यी पाँच क्षेत्रमा २५ वटा भूकम्प पश्चात् पुनर्निर्माण परियोजना निर्धारण गरी समझदारी पत्रमा हस्ताक्षर पनि गरिएको थियो। चीन र नेपाल दुई देशका जनताले आफ्ना आस्था र इच्छाशक्तिलाई आधार बनाई देशमा भएका भौतिक संरचनाको विनाश, नाकाबन्दी आदि कठिनाइलाई पन्छाउँदै स्थीर गतिमा ती परियोजनाहरुलाई अगाडि बढाइरहेका छन्।

सन् २०१८ को अन्तमा म नेपालका लागि राजदूत नियुक्त भएँ। मलाई नेपाली राष्ट्रिय नेताहरुको साथमा चीनको सहयोगमा सञ्चालित भूकम्पपश्चात् पुनर्निर्माणका परियोजनाहरुको निरीक्षण गर्ने सौभाग्य धेरैपटक मिलेको छ। खुशीको कुरा, काठमाडौं सहरको फराकिलो चक्रपथको स्तारोन्नतिको कार्य सम्पन्न भइसकेको छ। त्यसबेला मलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्पन्न भएको परियोजना हस्तान्तरण कार्यक्रममा सहभागी बन्ने सौभाग्य मिलेको थियो। सुन्दर नौतल्ले दरबारको पहिलेको जस्तै आकर्षक रुपमा पुनर्निर्माणको कार्य हुँदैछ। सफा सुग्घर दरबार हाइस्कूल ९भानुभक्त माध्यमिक विद्यालय० विद्यार्थीहरुको अध्यापनका लागि तयार भइसकेकोछ। महाभूकम्पको समयमा ठूलो संख्यामा घाइतेहरुको उपचारमा संलग्न भएको निजामति अस्पतालको दोस्रोचरणको निर्माण भइरहेको छ। तातोपानी सीमा क्षेत्र निरीक्षण कार्यालय तथा चीन नेपाल मैत्री साँघु र रसुवा पूलको पुनर्निर्माण भई त्यसबाट गाडी पनि चल्न थालिसकेको छ। हामीहरुले एकसाथ दिनरात नभनी मेहनत गरेका सबै परियोजनाहरुको राम्रो प्रगति भइरहेको छ। कुनै परियोजना नै पूरा भइसके भने कुनै अझै चलिरहेका छन्। ती परियोजनाहरुमा मैले दुई देशका कामदारहरु काम गरिरहेका देखेकी छु। उनीहरु पसिना बगाएर घरआँगन अनि देशको पुनर्निर्माणमा जुटिरहेका छन्। हाम्रो मैत्रीको उल्लेखनीय उपलब्धिहरु हासिल भइरहेका छन्। महाभूकम्पको कठिन परीक्षाबाट उतिर्ण भएको चीन नेपाल मैत्री हाम्रा दुई देशका जनताहरुको अन्तर्मनसम्म पुगिसकेको छ। र, हाम्रो बहुमूल्य साझा सम्पति बनिसकेको छ।

विगतका पाँच वर्ष नेपालले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण प्रगति गरेका वर्ष हुन्। चीन र नेपालबीचको आपसी सहयोगका पाँच वर्ष हुन्। अझै भन्ने हो भने दुई देशको सम्बन्ध र विविध क्षेत्रमा भएका सहयोग सहकार्य तीव्र गतिमा अगाडि बढेका पाँच वर्ष हुन। पोहोर साल चिनियाँ राष्ट्रपति सी चिन् फीङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सफलतापूर्वक आपसी देशहरुको भ्रमण गर्नुभयो। दुई देशले विकास र समृद्धीतर्फ उन्मुख हुने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारी सम्बन्ध स्थापना गरे। चिनियाँ राष्ट्रपति सी चिन् फीङले नेपाल भ्रमणको बेलामा सन् २०२०(२०२२ मा चीनले नेपाललाई भूकम्प पश्चात्को पुनर्निर्माण, आर्थिक, सामाजिक, जनजीवन क्षेत्रको विकासमा एकमुष्ट आर्थिक सहयोग प्रदान गर्ने योजनाको घोषणा गर्नु भएको थियो।

नेपालको भूकम्पपछिको पुनर्निर्माण सबै क्षेत्रको हो। चीनले नेपालको पर्यटन व्यवसायको विकासका लागि सक्रिय भूमिका खेलेको छ, सीधा हवाइमार्गहरु खोल्न उत्प्रेरित गरी दुई देशबीचको उडान प्रतिहप्ता ६० वटा पुर्‍याउन पनि सहयोग गरेको छ। चीन नेपालको दोस्रो प्रमुख पर्यटक स्रोत मुलुक बनिसकेको छ। नेपाल आई हिमालयको सौन्दर्य रसास्वादन गर्ने तथा बु्द्धको जन्मभूमिमा पुगी प्राचीन संस्कृतिको अनुभव गर्ने चिनियाँहरुको संख्या झनझन् बढ्दैछ। चिनियाँ कम्पनीहरु वित्तीय लगानी, निर्माण ठेक्का आदि माध्यमबाट नेपालको राजमार्ग, विमानस्थल, जलविद्युत् सुरुङ आदि आधारभूत संरचनाको निर्माणमा सक्रिय रुपमा सहभागी हुँदै नेपालको पुनर्निर्माण तथा विकासमा सम्पूर्ण रुपले सहभागी भई समृ्द्ध नेपाल, सुखी नेपालीुको लक्ष्य प्राप्तिका लागि सहयोग गरिरहेका छन्।

महाभूकम्पको पाँचौँ वर्षको स्मृति दिवसको अवसरमा म महाभूकम्पमा परी आफ्नो प्राण गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरुप्रति पुनस् श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। कुनै दुस्ख कठिनाइसँग नहारी देशको पुनर्निर्माणमा जुटेका नेपाली जनताप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु। र, नेपालको भूकम्पपश्चातको पुनर्निर्माणमा सहभागी हुनु भएका दुवै देशका प्राविधिकहरुप्रति हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु।

अहिले कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएको छ। सम्पूर्ण मानवजातिको साझा शत्रुको सामना गर्न चीन र नेपालका जनताहरुले पुनस् काँधमा काँध मिलाई एकआपसमा सहयोग गरी महामारीविरुध्द लड्नु पर्दछ। आपतको बेलामा साँच्चैको मित्रको पहिचान हुन्छ र मैत्री पुस्तौंपुस्तासम्म रहन्छ। मानवजातिको साझा भाग्यको समष्टिको संयुक्त रुपमा निर्माण गर्ने धारणा अन्तर्गत चीन र नेपाल दुई देश एकसाथ अझ सुन्दर भविष्यतर्फ अगाडि बढ्दै जाऔं।

(लेखक नेपालका लागि चीनकी राजदूत हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com