ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनासंग नेगेटिभ र सरकारसंग पाेजेटिभ हुनपाउँ


एबीसी न्यूज
बैशाख १२, २०७७ शुक्रबार   ७ : ४८   बजे
नवराज
नवराज

यस्तो चपेटामा परेको छ जिन्दगी यो कोरोनाले गर्दा के भनम् खै।
कस्तो बेलामा विदेश हिँडिएछ यार?
दश ठाउँका मान्छे जम्मा भइन्छ काम गर्दा।
को बाट कतिबेला कोरोना को आक्रमण हुने हो पत्तो छैन।
जोगिदा जोगिदै आफूबाट अरूलाई सर्ने हो कि अरूबाट आफूलाई ठेगान छैन।
कम्पनी भित्रकै अब्यवस्थित बसाई झन् भयानक लाग्छ।

करार भन्दा माथिको काममा दलिनै परेको छ त्यसको पनि फेरी हिसाब भइदिए त हुन्थ्यो नि! काम गर्न आएका हामी काम गरिहाल्छौँ नि तर हिसाब छैन हाम्रो दुःखको। यस्तो घाटाको बेलामा मद्दत गर् रे कम्पनीलाई। भन्छन् माथिबाट आएको आदेश हो मन छ गर्ने मन छैन आफ्नै देश फर्किने। आफ्नै देश फर्किने स्थिति छैन त्यसको पाटो अलग्गै छ। जबर्जस्ती गर्नै परेको छ।

अँ अब गरौँ आफ्नै देशको कुरो। यस्तै स्थितिमा कयौँ नेपाली होलान्। कोही काम ठप्प भएर बिजोगमा अनि कोही माथि उल्लेखित पङ्क्तिमा जस्तै बाध्यतको घेरामा। के हामी विदेशमा रहने जति नेपाली होइनौँ र? यस्तो परिस्थितिमा आफ्नै देश नेपाल फर्किन नचाहने बिरलै होलान्। फर्किन चाहनेलाई,नियम र प्रोटोकलको उल्लंघन नगरी सरकारको आदेश पालना गर्छु भन्नेलाई ब्यवस्थित तवरबाट फर्काउनु हाम्रो सरकारको दायित्व होइन र?
कडाइका साथ पेश भइदिए त समस्याको समाधान नहुने हो र?

सुन्ने गर्छु देशको अर्थतन्त्र धान्नमा रेमिटेन्सले धेरै नै टेवा पुर्याएको छ। कि त्यही घट्छ भनेर ठाडै जा छौ सचेत भई त्यही बस भनेको? यतिसम्म त पक्कै कठोर छैन होला हाम्रो सरकार। (रेमिटेन्स त त्यसै पनि घटेको छ अहिले त) के ले चाहिँ अड्कायो? आखिर के ले? के ले चाहिँ हामीलाई हाम्रै सरकार देखि यसरी बिरानो बनायो। सत्तामा सिङ्गो राष्ट्रको जिम्मा बहन गर्छु भनेर बसिसकेपछि अधिकाङ्श नेपाली जनतालाई समेटेर निर्णय लिनुपर्ने होइन र? चाहे देश भित्र होस् या बाहिर। विदेशमा रहनेलाई त टुहुरो बनायौ नि प्राण प्यारा।

हामी गरिब राष्ट्र हौँ भनेर मुख लुकाउन पनि त मिल्दैन होला अहिले। कुवेतलाई हेर्नुस् आफ्ना सारा जनता भट्टाभट अोसार्दै छ आफ्नै मुलुकमा। देशको ढुकुटी कुन बेला काम लाग्ने? यस्तै बेलामा होइन र? आफ्ना जनता बाँचे त फेरी लाउनुनी कर सडकको पेटीमा पैदल हिँडेको पनि। मन लागे पछि फेरी भर्नु नि भुँडी मिलिजुली। नभनौँ भनेनी जो कोहीलाई थाहा भएकै कुरो हो।

कहिँ कसैलाई यी यस्ता कुरा सही नलाग्न पनि सक्छ। तर एकचोटी सोचेर हेर्नुस् सरकारले चाहेको खण्डमा के चाहिँ असम्भव छ र? अोदामा भएका लागीपरे असम्भव केही छैन यत्ति त हर कोहीले बुझेको छ।

(हजुरहरले यी शब्द घरको खाटमा मस्त पल्टेर हेर्दै गरेको हुन सक्छ तर कतै कतै कसै कसै भने चिसो भुइँमा कार्टुन बिछ्याएर ।जोस्ले भोगेको छ यो सङ्कट उसले चाहिँ आँखै अगाडि भएको जस्तो चित्रण गर्छ सायद। झल्झली घर सम्झिन्छ पनि होला। सोच्छ होला यो घडीमा,किन जान्छन् विदेश न जा बाबु/नानी आमाको या आफन्त जनको भनाई।)

लौ अब हेर्दै जाउँ हामी जस्ता सम्पूर्ण नेपालीको काँ’-काँ’ कता-कता कतिबेला के के हुन्छ। सुनुवाई अनि उद्धारको रङ कस्तो हुन्छ कुन्नि?

कोरोना सङ्ग नेगेटिभ अनि सरकारसङ्ग पोजेटिभ हुन पाउँ। यहि त होला हामी जस्ता सातसमुन्द्र पारी रहेका सम्पूर्ण नेपालीहरूको इच्छा र चाहना।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

मध्यम शक्तिको भ्रम: छनोट नगर्नु विकल्प होइन !

असुविधा नै मानवता हो: एआईको ‘सजिलो’ बाटो रोज्नु किन घातक छ?

Who Writes Our Past? -Shashi Tharoor

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group