ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लकडाउन’ले नरोकेको बिजय उत्सव दिवस [भिडियो सहित]


sharan sharan
बैशाख ८, २०७७ सोमबार   ३ : ०९   बजे

बिश्वब्यापी माहामारीका कारण लकडाउनले मुलुक ठप्प भएपनि नेपाली गौरवगाथा बोकेको बुटवलको जितगढीमा सिङ्गो देशको शान बनेर ठडिएका कर्णेल उजिरसिंह थापालाई बुटवल उपमहानगरले सम्झन भ्याएको छ । सन् १८७२ मा अंग्रेज सेनालाई पराजित गर्न सफल कर्णेल उजिर सिंहको प्रतिमामा माल्यार्पण गर्दै यस वर्षको बिजय उत्सव दिवस मनाईएको छ ।
आज बैशाख ७ । सन १८७२ मा नेपाली सेनाका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले अंग्रेज तर्फको इस्ट ईण्डीया कम्पनि फैजलाई पराजित गर्दै आजकै दिन गोरखपुर सम्म धपाएका थिए । जनरल उडको नेतृत्वमा रहेको अत्याधुनिक हतियारले सुसज्जीत फैजलाई रण कौशलता प्रदर्शन गर्दै उजीर सिंहकै नेतृत्वमा नेपाली फैजले बिजय हासिल गर्दै बुटवल स्थित जितगढी किल्लामा बिजयको झण्डा फहराएका थिए । बिगत २ वर्ष देखि बुटवल उपमहानगरपालिकाले बैशाख ७ गतेलाई बिजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । गत वर्ष प्रधानमन्त्री केपी ओली स्वयं उपस्थित भई कर्णेल उजिर सिंहको सालीक अनावरण समेत गर्नुभएको थियो ।
यस वर्ष भने कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेका कारण उप महानगरले कुनै औपचारीक कार्यक्रम नराखेपनि उजिर सिंहको सालीकमा माल्यार्पण गर्दै यस वर्षको बिजय उत्सव दिवस मनाएको छ । अत्यन्त सिमीत उपस्थितीमा बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदी र नेपाली सेनाका प्रदेश प्रितनापति सिताराम खड्का लगायतले माल्यार्पण गर्दै दिवस मनाईएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले बैदेशीक हस्तक्षेप र स्वाभिमान बोकेको दिनलाई भुल्न नसकिने बताउनु भयो ।
गढीहरुको संरक्षण गर्ने गुरु योजना सहित अगाडी बढेको नेपाली सेनाले पनि जितगढीको संरक्षण तथा बिकासका लागि बिशेष कार्यक्रमहरु गर्दै आएको छ । अनौपचारीक कार्यक्रममा उपस्थित नेपाली सेनाका प्रितनापति खड्काले एबिसी न्युजसंग कुरा गर्दै गढीहरुको संरक्षण र सम्बर्धन गर्न प्रदेश सरकार, उपमहानगर र सरकारी तथा गैरसरकारी निकायसंग सहककार्य गर्दै नेपाली सेनाको सक्रिय भुमिका कायम रहने बताउनु भयो ।
तत्कालीन समयमा उत्तर तिब्बतसंगको ब्यापार र हिमाली जडीबुटी र बनस्पतीको हवकारुपमा स्थापीत बुटवलबाट कब्जा गरी पाल्पा हुंदै तिब्बत सम्म पुग्ने रणनितीका साथ आएको इस्ट ईण्डीया कम्पनि फौजलाई नेपाली सेनाले पराष्ट गर्दै सिमा कटाएको थियो । झण्डै २ सय वर्ष देखि ओझेलमा परेको किल्लाका बिषयमा एबिसी न्युजले पटक पटक ध्यानाकर्षण गरेपछि बुटवल उपमहानगरले बिगत २ वर्ष देखि बैशाख ७ लाई बिजय उत्सव दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यस वर्ष माहामारीका कारण दिवस भब्य हुन नसकेपनि उपमहानगरले किल्लालाई सम्झेको छ । नेपाली शिर उंचो राख्न सक्ने गरि इतिहास रच्न सक्ने कर्णे उजिर सिंह स्वाभिमानी नेपालीका मन मस्तिस्कमा सधैं सम्मानका प्रतिक बनेर बसिरहेने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group