ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकहरु खोज्दै घर पठाउंदै स्थानीय सरकार


sharan sharan

बुटवल, ६ बैशाख । लकडाउन लम्बिंदै जांदा बेखर्ची भएका श्रमिकहरुलाई लकडाउन कै बिचमा स्थानीय तहले घर फर्काउन थालेका छन् । उद्योग कल कारखाना बन्द हुनुका साथै ठेकेदार कम्पनीहरुले पनि दैनिक ज्यालादारी मजदुरहरुको बेवास्ता गरेपछि कामका लागि शहर पसेका श्रमिकहरुको बिचल्ली भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा निर्माण कार्यमा कार्यरत करिब दुईसय श्रमिकलाई उद्दार गरी आज घर घर पठाएको छ । लकडाउनका कारण बेखर्ची भएका मजदुरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको तिलोत्तमा नगरपालिकाले जनाएको छ । बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदुरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
घरजान पाएकोमा दङ्ग परेका श्रमिकका बालबालिकाहरु खुसीहुंदै बस चढेका थिए । तिलोत्तमा नगरपालिकाले बर्दियाका १२ जना बच्चासहित ५७ जना, दाङका ११ बच्चासहित ६४ जनालाई तथा कैलालीका ६१ जनालाई आज घर पठाइएको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो । गुल्मी, पाल्पा र अर्घाखांचीको स्थानीय प्रशासनसंग आफूले समन्वयको प्रयास गरिरहेको बताउंदै छिटै त्यस तर्फ पनि श्रमिकहरु पठाउने तयारी नगरपालिकाले गरिरहेको नगर प्रमुख घिमीरेले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ ।
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डका बिच अलपत्र परेका श्रमिकहरुलाई घर पठाउने बिषयमा शनीबार छलफल भएसंगै देशभरका स्थानीय निकायहरुले हिंड्दाहिंड्दै सडकमा भोकै भएका तथा काम बन्द भएर बेरोजगार भएका श्रमिकहरुलाई घर पठाउने अभियान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

ठुला सभाको जमाना गयो, अब गल्ती नदोहोर्‍याउने बाचासहित घरघर डुल्छौँ – अध्यक्ष प्रचण्ड

सम्बन्धित

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com