ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा लकडाउन : दलको एकदिने नेपालबन्द कि राज्यको दिउंसो लाग्ने कर्फु ?[भिडियो सहित]


sharan sharan

सरकारले मुलुक भरी लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेपनि प्रदेश नँबर ५ को अस्थायी राजधानी बुटवलमा भने सरकारको लकडाउन अमुक राजनितीक पार्टीको नेपाल बन्द वा स्थानीय प्रशासनको निश्चित समयका लागि लगाईएको कर्फू जस्तै देखिएको छ ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै मुलुकभरी लकडाउनको घोषणा गरेको छ । गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन कतिपय स्थानहरुमा राम्रैसंग पालना भए पनि प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा भने अत्यन्त फितलो देखिएको छ । लकडाउनको पालना गर्दै घर भित्रबाट बाहिर ननिस्कनुपर्नेमा बुटवलमा अधिकांस नागरिकहरु दलको नेपाल बन्द जस्तै बिहान र सांझ बजार घुम्नकै लागि निस्केने गरेकाछन् । राज्यले अत्यावश्यक वस्तु बाहेकका सबै ब्यापार ब्यवसाय देखि उद्योग कल कारखाना बन्द गर्न आह्वान गरेपनि बुटवलमा मदिरा पसल देखि कष्टमेटीक पसल र रेडिमेड कपडाका पसलहरुले समेत ब्यापार ब्यवसाय गरिरहेकाछन् । तरकारी किन्ने बहाना, खाद्यान्ह किन्ने बहाना, औषधी किन्ने बहाना, फलफुल किन्ने बहाना हरेक बहानामा नागरिकहरु घर बाहिर निस्केको दृष्य हेर्न बुटवल पुगे हुने अवस्था सिर्जना भएको छ । राज्यले भन्ने गरेको सामाजिक दुरीका बिषयमा मानौ नागरिकलाई केहि थाहा छैन । ढुक्कसंग एउटा पसलमा दशौं टाउकोहरु सामान किन्न झुम्मीएको अवस्था समेत बुटवलमा देख्न सकिन्छ ।
त्यसो त संघिय सरकारको गृह मन्त्रालयले प्रदेशको आन्तरिक मामीला तथा कानुन मन्त्रालय, स्थानीय तह तथा मन्त्रालय मातहतका निमायलाई लक डाउनलाई कडा बनाउन पटक पटक निर्देशन गरेको बताउंदै आएको छ, तर प्रदेश नम्बर ५ का आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसी सोनामले भने लकडाउन कार्यान्वयन गर्ने बिषयमा सरकारहरुका बिच समन्वय हुन नसकेका कारण लकडाउन खुकुलो भएको बताउनुहुन्छ ।
उता लकडाउन कार्यान्वयनको मुख्य जिम्मेवारी लिएर बसेको नेपाल प्रहरीले भने प्रहरीले रातदिन भोक प्यास नभनि कार्यान्वयनमा क्रियाशिल रहेपनि केहि स्थानीयबासीले लक डाउन र कोरोना संत्रासलाई नजरअन्दाज गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई आरोप लगाउनुहुन्छ ।
प्रहरीले फाटफुट कारवाहिका नाममा १,२ दर्जन मोटरसाईकलको सांचो खोस्ने र एकैछिनमा छाडीदिने तथा निजी कार र हुनेखानेवर्गलाई चेकजांच नै नगर्ने गरेको पाईएको छ । संक्रमित रोग ऐन अनुसार कसैमाथि कारवाहि नचलाईएकाले पनि नागरिकमा सरकारको निर्देशन पालना गर्ने कुरामा नागरि गम्भीर नबनेको देखिएको छ । डिएसपी भट्टराईले पनि सम्झाईबुझाई गर्ने बाहेकको कारवाहि नगरेको स्विकार गर्नुहुन्छ ।
सरकारी लकडाउन कुनै दलको उद्देश्य प्राप्त गर्न आह्वान गर्न गरिएको नेपाल बन्द होईन । लकडाउन कुनै घटना बिशेषलाई साम्य पार्न राज्यले जारी गरेको कर्फ पनि होईन । नागरिकलाई कारोना भाइरसको संक्रमणबाट जोगाउन राज्यले घोषणा गरेको लकडाउन सबैले पालना गर्न जरुरी छ । आफ्नै जिउ जोगाउन पनि प्रहरीले कारवाहि नै चलाउनु पर्ने जस्तो बिडम्बना अरु के नै हुन सक्छ र ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com