ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो


एबीसी न्यूज

न्युर्योक, ४ बैशाख र अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३३ हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

र्वल्डमिटरका अनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३३ हजार ८३२ जना पुगेको छ । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख ५३ हजार १०० पुगेको छ । कोरोना भाइरसबाट बिहीबार राति १० बजे सम्म उपचारपछि निको हुनेको संख्या ५६ हजार ५ सय ९० जना निको भएका छन् । प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् ।

त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ । त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्दछ । त्यसपछि सबैभन्दा बढी प्रभावित हुने राज्य मिचिगन हो । उक्त राज्यमा अहिलेसम्म १ हजार ९२१ जनाको ज्यान गइसकेको छ ।

मिचिगनपछि म्यासाचुसेट्समा धेरै मानिस मरेका छन् । त्यहाँ १ हजार १०८ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन् । गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेको सो युनिभर्सिटीको तथ्यांकमा छ । त्यसैगरी यो भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ४५ हजार ९२५ जनाको ज्यान गएको छ भने २१ लाख १८ हजार ९२६ संक्रमित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

सम्बन्धित

कांग्रेसको केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com