ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना प्रकोपबीच भएको निर्वाचनमा दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत


एबीसी न्यूज

सियोल, ४ वैशाख ।  दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको छ ।

राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको छ । विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो । करिब ६६ प्रतिशत मतदान भएको यस पटकको चुनावमा जनसहभागिता दृष्टिले सन् १९९२ यताकै यो सबैभन्दा बढी हो ।

केही महिना अघि मात्र मूनमाथि शक्तिको दुरुपयोग गरेको र मुलुकको आर्थिक बृद्धि कमजोर बनेको भन्दै आलोचना हुन थालेको थियो । कतिपय आलोचकले राष्ट्रपति मूनले उत्तर कोरिया मामिलामा चालेका कदमहरु पनि अपरिपक्व रहेको बताउँदै आएका थिए ।

तर कोरोना महामारीलाई दक्षिण कोरियाले द्रुत र प्रभावकारी ढंगबाट व्यवस्थापन गरेपछि मूनमाथि जनताले फेरि विश्वास व्यक्त गरेका छन् । यसबीचमा कोरियाले २० भन्दा बढी मुलुकमा कोरोना परीक्षण किट समेत उपलब्ध गराएर उदाहरणीय कार्य गरेको छ ।

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीकी राजनीतिशास्त्री मिन्सोन कुले “कोरोनाभाइरस कुटनीति” जस्ता कदमले मून प्रशासनको शाख बढाउनुका साथै जनतामा आत्मविश्वास बढाएको बताउनुभयो । मूनले कम्तिमा २० वटा देशका सरकार प्रमुखहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नु भएको थियो ।

कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको थियो । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।

राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उहाँको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएका थिए । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ ।

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ ।

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार मूनको डेमोक्र्याटिक पार्टीले १६३ स्थान जितेको छ भने यसको गठबन्धन दलले पनि १७ स्थान जितेको छ । यसबाट डेमोक्र्याटिक पार्टीले कूल १८० स्थान प्राप्त गर्नेछ ।

विपक्षी युनाइटेड फ्युचर पार्टीले १०३ स्थान जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com