ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना प्रकोपबीच भएको निर्वाचनमा दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत


एबीसी न्यूज
बैशाख ४, २०७७ बिहीबार  २ : ५३ बजे

सियोल, ४ वैशाख ।  दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको छ ।

राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको छ । विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो । करिब ६६ प्रतिशत मतदान भएको यस पटकको चुनावमा जनसहभागिता दृष्टिले सन् १९९२ यताकै यो सबैभन्दा बढी हो ।

केही महिना अघि मात्र मूनमाथि शक्तिको दुरुपयोग गरेको र मुलुकको आर्थिक बृद्धि कमजोर बनेको भन्दै आलोचना हुन थालेको थियो । कतिपय आलोचकले राष्ट्रपति मूनले उत्तर कोरिया मामिलामा चालेका कदमहरु पनि अपरिपक्व रहेको बताउँदै आएका थिए ।

तर कोरोना महामारीलाई दक्षिण कोरियाले द्रुत र प्रभावकारी ढंगबाट व्यवस्थापन गरेपछि मूनमाथि जनताले फेरि विश्वास व्यक्त गरेका छन् । यसबीचमा कोरियाले २० भन्दा बढी मुलुकमा कोरोना परीक्षण किट समेत उपलब्ध गराएर उदाहरणीय कार्य गरेको छ ।

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीकी राजनीतिशास्त्री मिन्सोन कुले “कोरोनाभाइरस कुटनीति” जस्ता कदमले मून प्रशासनको शाख बढाउनुका साथै जनतामा आत्मविश्वास बढाएको बताउनुभयो । मूनले कम्तिमा २० वटा देशका सरकार प्रमुखहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नु भएको थियो ।

कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको थियो । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।

राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उहाँको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएका थिए । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ ।

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ ।

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार मूनको डेमोक्र्याटिक पार्टीले १६३ स्थान जितेको छ भने यसको गठबन्धन दलले पनि १७ स्थान जितेको छ । यसबाट डेमोक्र्याटिक पार्टीले कूल १८० स्थान प्राप्त गर्नेछ ।

विपक्षी युनाइटेड फ्युचर पार्टीले १०३ स्थान जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com