ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : दक्षिण एशियाका कुन देश कति प्रभावित, भारत सबैभन्दा बढी प्रभावित


एबीसी न्यूज
बैशाख ४, २०७७ बिहीबार  ७ : ३८ बजे

काठमाडौं, ४ बैशाख  ।  दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भारतमा देखिएको छ । त्यहाँ अहिलेसम्म १२ हजार ३ सय ७० जना सङ्क्रमित भएका छन् भने ४२२ जनाको मृत्यु भइसकेको छ। दक्षिण एशियाली राष्ट्रहरुमध्ये भारत कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९,१८ नयाँ सङ्क्रमित देखिएका छन् भने ३४ जनाको मृत्यु भइसकेको छ । भारतपछि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा धेरै देखिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार पाकिस्तामा त्यहाँ ६ हजार ३ सय ८३ जना सङ्क्रमित भएका छन् भने १११ जनाको मृत्यु भइसकेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्रमा नराम्ररी उतारचढाव आएको भन्दै विकासोन्मुख देशलाई तत्काल ऋण सहुलियत दिन अपिल गरेका छन्।

दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसबाट असर र्पुयाएको तेस्रो देश बाङ्लादेश हो। त्यहाँ अहिलेसम्म १२ सय ३१ जना सङ्क्रमित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ । ४९ जना निको भएका छन् । नेपालमा हाल सम्म १७ जना संक्रमित रहेका छन् भने १ जना उपचारपछि निको भएका छन् । यस्तै अफगानिस्तानमा पनि कोरोनाको प्रभाव बढ्दै गएको छ । हालसम्म २१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएको अफगानिस्तानमा ७ सय ४८ जना कोरोनाबाट संक्रमित बनेका छन भने २५ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा अहिलेसम्म २ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाले ज्यान गुमाएका छन्।

अन्य तीन देश माल्दिभ्स, नेपाल र भुटानमा भने हालसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । माल्दिभ्समा हालसम्म २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै नेपालमा १७ जना र भुटानमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सम्बन्धित

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com