काठमाडौं, २४ चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन बैशाख ३ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको हिजो बसेको बैठकले लकडाउन लम्ब्याउन सुरकारलाई सुझाव दिएको थियो । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । अधिकारी अहिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । यस्तै, बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने पनि निर्णय गरेको छ । अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्