बुटवल, २२ चैत्र । प्रदेश ५ सरकारका सामाजिक बिकासमन्त्री सुदर्शन बराल कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण गतिबिधीको अनुगमन गर्न बांके पुगेकाछन् । बांकेको नेपालगन्ज स्थित भेरी अस्पताल तथा खजुरा स्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा बनाईएको आइशोलेशन बिशेष कोरोना अस्पताल पुगेर मन्त्री बरालले त्यहां भईरहेका गतिबिधीहरुको जानकारी लिनुभएको छ । मन्त्री बरालले कोरोना न्यूनिकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयास बारे सरोकारवालासंग जिज्ञासा राख्नुभएको थियो ।मन्त्री बरालले भेरी अस्पतालमा उपस्थित जिल्लाका प्रशासक तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रदेश सरकार अहिलेको अवस्थामा गम्भीर ढंगले लागि परेको बताउदै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि हरसम्भव उपाए अपनाईएको जानकारी दिनुभयो ।
मन्त्री बरालले आजै सुशील कोईराला क्यान्सर अस्पताल खजुरामा सन्चालनमा ल्याइएको कोरना विशेष आइसोलेशनको निरीक्षण गर्दै सकेसम्म संक्रमण भित्रिनै नदिने गरी प्रदेश सरकार लागि परेको बताउनुभयो ।उहांले आइसोलेशनलाई थप व्यवस्थित गर्न सकिने पहलका बारेमा समेत स्थानीय खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिसँग छलफल गर्नुभएको थियो ।
प्रदेश सभामा बांकेकी सांसद कृष्णा केसी नमूनाले भारतबाट भित्रिने नेपालीहरुको उचित व्यवस्थापन चुनौति बनेको बताउदै उनिहरूको ब्यबस्थापनमा ध्यान दिन आग्रर्ह गर्नुभयो । मन्त्री बराल सहितको टोलिले शनिबार बिहान भेरी अस्पताल, खजुराको क्यान्सर अस्पताल सहित दशगजामा रहेको अस्थाई क्वारेन्टाइनको समेत अनुगमन गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्