ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतलाई हेर्दा कोरोनाको त्रास नै बढि : स्पेनिस फ्लूबाट ५ करोडले ज्यान गुमाएका थिए


एबीसी न्यूज

विश्व हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । तर, महामारी सबै समाजमा समान रूपले विकराल हुने गरेको चाहिँ छैन । महामारीको सामाजिक पक्षबारे अध्ययन गरेका व्यक्तिहरूका अनुसार, घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो ।  डायमन्ड , ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ र आफ्नो अर्को बहुचर्चित किताब ‘गन्स, जम्स, एन्ड स्टिलः द फेट्स अफ ह्युमन सोसाइटिज(सन् १९९७)’ मा उनले कृषियुगको आरम्भसँगै मानिसको जीवनशैलीमा आएका दुईवटा परिवर्तनले महामारी निम्त्याएको उल्लेख गरेका छन् ।

कृषि अर्थतन्त्रसँगै आएको पहिलो परिवर्तन थियो, स्थायी तथा घना बस्तीको विकास । महामारी फैलिन जनघनत्व बढी हुनु अनिवार्य हुन्छ । त्यसैले पनि महामारीलाई ‘क्राउड डिजिज’ अर्थात् भीडलाई लाग्ने रोग भनिएको हो । कृषि अर्थतन्त्रले ल्याएको दोस्रो परिवर्तन थियो, जनावरलाई घरपालुवा बनाउने चलनको थालनी । जनावरहरू घरपालुवा बनेपछि मानिस र जनावरबीच सम्पर्क बढ्यो । यसबाट जनावरहरूलाई लाग्ने रोग मानिसमा संक्रमण भयो ।

यसैले प्रकारान्तरमा महामारीको रूप लियो । बिफर, क्षयरोग, औंलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् । पछिल्लो समय चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताइन्छ तर पुष्टि भने हुन सकेको छैन  । यस्तो खालको विश्लेषणलाई नैतिक मूल्यको कसीमा जोखेर प्रकृतिवादी, पशुअधिकारवादी र शाकाहारी भोजनका पक्षधरहरूले विमति जनाउने गरेका छन् । विश्वभरी महामारीको रुप लिइ फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ आज न्यूज च्यानल र समाजिक संजालमा भरिएको छ ।

२१ औं शताब्दिमा मेडिकल साइन्स एड्भान्स त भयो तै पनि यस महामारीलाई रोक्न भने असमर्थ भइ रहेको छ । यस्तो महामारी विश्वमा पहिलो पटक भने फैलिएको होइन । विगतलाई एक पटक फर्केर हेर्दा यस्ता महामारी सात पटक आएको इतिहासको पानाहरु पढ्न सक्छौ । विज्ञानले जुन प्रगति आज गरेको छ त्यतिबेला विज्ञानले यति प्रगति गर्न सकेको थिएन । फलस्वरूप लाखौं करौडौले यस महामारीसँग जुध्न नसकी आफ्नो ज्यान गुमाएका थिए।

१। द प्लेग अफ जस्टीनियन (सन्५४१)

द प्लेग अफ जस्टिनियनलाई इतिहासको पहिलो ठुलो महामारीको रुपमा मानिन्छ । यो प्लेग अफ्रिकाबाट सुरु भएको थियो तर त्यहाँ भएका संक्रमित मुसाहरु जहाजको माध्यमबाट रोमन साम्राज्यको कन्स्ट्यान्टिनोपोलको राजधानी बाइजनटाइन सम्म फैलिए । सन् ५४१ मा फैलिएको यस महामारीले दैनिक १० हजारको ज्यान लिन्थ्यो । प्राचीन इतिहासकार प्रोकोपियसको अनुसार त्यहाँको सडक समेत लासहरुले भरिएको थियो । त्यहाँ राजा जस्टीनियन जसको नाममा यो महामारीको नाम राखियो उनी पनि यसबाट संक्रमित थिए तर उनी बाँच्न सफल भए । यो महामारीले युरोपमै मात्र २ करोड ५० लाख भन्दा बढीको ज्यान लिएको थियो ।

२। द ब्ल्याक डेथ (सन १३४७ )
१४ औं शताब्दितिर एउटा नयाँ महामारी इटलीमा प्रवेश गर्यो । यस महामारीले अघिल्लो ५ वर्ष युरोपमा आफ्नो तान्डव देखायो । यो महामारी यति खतरनाक थियो कि यस्ले सिङ्गो सहर नै निलेको थियो र जो यस महामारीबाट बाँच्न सफल भए उनीहरु लास उठाउनमै वस्त भए । त्यति बेलाका मानिसहरुले औषधि(उपचार नपाई मृत्यु ग्रहण गर्नु परेकोले भगवानको श्राप भनी स्वीकारेका थिय । ब्ल्याक डेथको तान्डव सन १३५३ मा शान्त भयो तर यस्ले यो अवधिमा ५ करोड भन्दा बढीको ज्यान लिएको थियो ।

३। द इटालीयन प्लेग ( सन १६२९)
सन १६२९ मा फैलिएको यो महामारीले इटालीलाई आफ्नो चपेटामा लियो ।
२ वर्षसम्म यो महामारी इटालीमा फैलियो । त्यहाँको सबैभन्दा ठूला सहरहरु बेरोना, मिलान, भेनिस र फ्लोरेन्सलाई संक्रमित गर्यो । यो महामारी फैलिन रोक्नको लागि त्यहाँका अधिकारीले संक्रमित सबैलाई एउटा विरानो टापुमा बन्द गरिदिए । यति गर्दा सम्म बेरोनामा २ लाख ८० हजार, भेनिसमा १ लाख ४० हजार जनाले ज्यान गुमाएका थिए ।

४। द ग्रेट प्लेग अफ लन्डन (सन १६६५ )
यो महामारीको चपेटमा आएपछि लण्डनमा हरेक दिन लगभग ८ हजार जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो । यसको डरले धनाढ्य वर्गहरु जस्तै त्यहाँको राजा चार्ल्स द्वितीय पलायन भएका थिए । लण्डनको अधिकारीले संक्रमितलाइ बन्द कोठामा थुनेर राख्दा पनि यसले करिब १ लाखको ज्यान लियो ।

५। द गेट प्लेग अफ मार्सिले (सन १७२०)
पश्चिमि युरोपमा आएको अन्तिम ठूलो महामारी सन १७२० मा सुरु भएको थियो । यो महामारी ग्रान्ड सेन्ट एन्टोनी नाम जहाजबाट युरोपमा फैलिएको थियो । यो जहाजमा रहेका सबै संक्रमित भएको थाह पाएपछि यसलाई एक ठाउँमा बन्द गरी राखियो । यस जहाजको साहुको अनुरोधमा त्यहाँ रहेका मालसामान भने उतार्न अनुमति भने दिइयो र सामानसँगै त्यहाँ रहेका संक्रमित मुसाहरु पनि बाहिर आइ फ्रान्समा छिरे र महामारी सुरु भयो । हजारौँले दिन दिनै आफ्नो ज्यान गुमाए । सडक लासहरुले भरियो । सन १७२२ मा यो महामारी अन्त्य त भयो तर उक्त महामारीबाट ११ लाखको ज्यान गएको थियो ।

६। द थर्ड प्लेग प्यान्डेमिक (१८५५)
पहिला सबैभन्दा ठूलो महामारी प्लेग अफ जस्टीनियन र ब्ल्याक प्लेग थियो र भर्खरै फैलिएकालाई थर्ड प्यान्डमिक भनिन्छ । यो महामारी चीनको युनानबाट सन् १८५५ मा सुरु भएको थियो र बिस्तारै बिस्तारै विश्वभरी फैलियो । यो महामारी पनि मुसाद्वारा नै फैलिएको थियो । यस महामारीको कारण विश्वभरी १ करोड ५० लाख भन्दा बढीले ज्यान गुमाएका थिए । सबैभन्दा बढी नोक्सान भारत र चीनलाई भएको थियो ।

७। स्पेनिस फ्लू( सन १९१८ )


यो महामारी कहाँबाट फैलिएको थियो भन्ने कुरा विवादास्पद छ । केही अनुसन्धानले अमेरिकाबाट भएको भन्छन त कुनैले युरोपबाट तर बहुमतले भने अमेरिकाबाट फैलिएको भनेर मानेको छ । यस महामारीबाट ५० करोडमा संक्रमण देखिएको थियो भने १० प्रतिशत मृत्युदर थियो अर्थात् ५ करोडले आफ्नो ज्यान गुमाएका थियो । अहिले फैलिएको भाइरस (कोभिड–१९) ले बढी बृद्धलाई आक्रमण गर्दैछ भने यो महामारीले जवानलाई बढी आक्रमण गरेको थियो । त्यसैले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो महामारीको रुपमा लिइन्छ ।

विज्ञान र प्रविधिमा राम्रो विकास नभएको कारण धेरैले आफ्नो ज्यान गुमाउनु पर्यो । तर, अहिले यस्तो अवस्था छैन, विज्ञान र प्रविधिमा धेरै विकास आइसकेको कारण पहिले जस्तो अहिले नहुने अनुमान गर्न सकिन्छ ।

महामारी फैलिदा किन नाका बन्द गरिन्छ ?

मल्लकालताका काठमाडौंमा फैलिएको बिफरबारे सन् १७४० ताका काठमाडौं उपत्यकामा रकेका क्यापुचिन इसाई मिसनरीहरूले पनि लेखेका छन् । त्यतिबेला ११ जना मिसनरी भारतबाट तिब्बत जाने क्रममा काठमाडौं आइपुगेका थिए । उनीहरू काठमाडौंमा छँदै महामारी फैलियो । महामारीलाई अनियन्त्रित हुन नदिन राज्यले काठमाडौंका नाकाहरू बन्द गर्‍यो । नाकाहरू बन्द भएकाले मिसनरीहरूले सन् १७४० को फेब्रुअरी ६ देखि अक्टोबर ४ सम्म काठमाडौंमै रहनुपरेको थियो ।

त्यसपछि पनि महामारी फैलिएको बेला काठमाडौंका नाकाहरू बन्द गर्ने गरिन्थ्यो । उदाहरणका लागि विसं १८६२ को चैतमा चिसापानीमा तैनाथ सुवेदार अन्त्य खवास र सुवेदार निरञ्जनका नाममा जारी राजाज्ञालाई लिन सकिन्छ । रेग्मी रिसर्च सिरिजमा प्रकाशित राजाज्ञाको अंग्रेजी अनुवादमा चिसापानीमा झारा प्रथाअन्तर्गत काम गरिरहेका श्रमिकहरूमाझ बिफर फैलिएको उल्लेख छ । बिफर काठमाडौंतिर नफैलियोस् भनेर दुवै सुवेदारलाई काठमाडौं छिर्ने चिसापानी नाका बन्द गर्न आदेश दिइएको छ ।

यसो गर्दैगर्दा महामारीबाट सुरक्षित रहन अन्य उपाय आज भोलिका जस्तै समानान्तर रूपमै अपनाउने गरिन्थ्यो । यही मेसोमा संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो । बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो । हैजा लागेका मानिसलाई खोला कटाएमा अथवा कुष्ठरोगीलाई बस्तीबाट टाढा राखेमा महामारी फैलिन पाउँदैन भन्ने जनविश्वास बेहारेका बूढापाका समाजमा अझै भेटिन्छन् । त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ कै प्रतिरूप थियो ।

महामारी समय–समयमा आउँदो रहेछ र गुज्रिँदो पनि रहेछ भनि महसुस गर्नुपर्छ । महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै धावा बोल्नचाहिँ नसक्ने रहेछ भनी बुझ्नुपर्छ । पछिल्लो समय चिकित्साविज्ञानले सरुवा रोगविरुद्ध हासिल गरेको अभूतपूर्व उपलब्धिले महामारीलाई हिजोको तुलनामा कम जोखिमपूर्ण बनाएको छ । यी तथ्यलाई हेरेर हामीले संकटको यस घडीमा आत्मबल उँचो बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com